अन्तर्राष्ट्रिय

न्युजिल्यान्डका खेलाडी जसको नाम द्रविड र सचिनबाट बन्यो  

Published

on

रचिन्द्र रविन्द्र न्युजिल्यान्डका ब्याटिङ अलराउण्डर हुन् । २२ वर्षीय उनले न्युजिल्यान्डको तर्फबाट ६ ट्वान्टी ट्वान्टी खेल्दै ५४ रन बनाएका छन् । हिजो सम्पन्न भारत विरुद्धको पहिलो ट्वान्टी ट्वान्टीमा छैटौँ नम्बरमा ब्याटिङ गर्दै उनले सात रन जोडे । 

हिजो खेलमा सस्तोमा पेभेलियन फर्किए पनि उनी अहिले चर्चाको शिखरमा छन्, आफ्नो नामका कारण । 

रचिन भारतीय मूलका हुन् । पिता रवि  कृष्णमुर्थी र आमा दिपा कृष्णमुर्थीबाट उनले न्युजिल्यान्डको वेलिङटनमा जन्म लिएका हुन् । उनका पिता आफै पनि क्रिकेट खेल्ने गर्दथे । उनले सुरुवातमा बेङ्गलुरुबाट र पछि न्युजिल्यान्डमा हट हक्स क्लबबाट पनि क्रिकेट खेले । 

आफू स्टार क्रिकेट खेलाडी बन्न नसके पनि उनी आफ्नो छोरालाई राम्रो खेलाडी बनाउन चाहन्थे । रवि भारतका मास्टर ब्लास्टर सचिन तेन्दुलकर र द वालका नामले परिचित राहुल द्रविडका निकै ठूला फ्यान थिए । त्यसैले जब छोराको जन्म भयो उनले द्रविड र सचिनको नाम जोडेर आफ्नो छोराको नाम निकाले ।

रचिन, राहुल द्रविडको सुरुवाती नाम RA र सचिन तेन्दुलकरको पछाडीको नाम CHIN बाट बनेको नाम हो (Rahul + Sachin)।             

२८ फर्स्ट क्लास क्रिकेट खेलेका रचिनले न्युजिल्यान्ड यु१९ को तर्फबाट यु१९ विश्वकप पनि खेलेका थिए भने अहिले न्युजिल्यान्डमा अफ सिजन हुँदा उनी भारतमा आएर अभ्यास गर्नुका साथै म्याचहरु पनि खेल्ने गर्दछन् । 

उनका पिता द्रविड र सचिनको ठुलो फ्यान भए पनि रचिन भने सचिनका ठुलै प्रशंसक हुन् । १६ वर्षको हुँदा एउटा अन्तर्वार्ताका क्रममा उनले आफू सचिनलाई आफ्नो आइडल मान्नुको साथै उनको ब्याटिङ शैली अपनाएको बताएका थिए ।    

बायाँ हाते ब्याटर र लेफ्ट आर्म स्पिनर रचिनले सन् यसै वर्ष बंगलादेश विरुद्धको पाँच खेलको शृंखलामा न्युजिल्यान्डको लागि डेब्यु गरेका थिए । 

 

Click to comment

Trending