राष्ट्रिय

मिसन वर्ल्डकप : कप्तान रुबिनाको अर्धशतकमा कतारलाई १३० रनको लक्ष्य 

Published

on

कप्तान रुबिना क्षेत्रीले ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा आफ्नो पहिलो तथा नेपालको तर्फबाट दोश्रो अर्धशतक प्रहार गरे पछि नेपालले दोश्रो  ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा कतारलाई १३० रनको विशाल लक्ष्य दिएको छ ।  

चौथो नम्बरमा ब्याटिङ गर्दै कप्तान रुबिनाले ४८ बलमा ५० रनको पारी खेल्दा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको नेपालले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १२९ रन बनायो । 

नेपालको तर्फबाट सर्वाधिक रन बनाएकी रुबिनाले आफ्नो पहिलो अर्धशतक प्रहार गर्ने क्रममा चार चौका र एक छक्का प्रहार गरिन् । नेपालको पारी सकिन दुई बल अगाडि क्याच आउट भएकी रुबिना नेपालको तर्फबाट ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा अर्धशतक प्रहार गर्ने दोश्रो ब्याटर हुन् । हिजो सम्पन्न पहिलो ट्वान्टी ट्वान्टीमा इन्दु बर्माले अविजित ५५ रन बनाउँदै महिला ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा अर्धशतक प्रहार गर्ने पहिलो महिला खेलाडी बनेकी थिइन् ।   

आजको खेलमा ओपनिङमा आएकी ज्योति पाण्डे र तेश्रो नम्बरमा ब्याटिङ गरेकी काजल श्रेष्ठ क्रमश ६ र तीन रनमा आउट हुँदा नेपाल चार दशमलब दुई ओभरमा दुई विकेटको पतनमा २० रनको स्थितिमा पुग्यो ।

अर्की ओपनर कविता कुँवर र कप्तान रुबिना क्षेत्रीले ६ दशमलब दुई ओभरमा ५६ रनको साझेदारी गर्दै नेपालको पारी सम्हाले । ३० बलमा दुई छक्का सहित ३१ रन बनाएकी कविता १० दशमलब चार ओभरमा आउट हुँदा नेपालले ७६ रन जोड्यो ।

सरिता मगर चार, डली भट्ट शून्य रनमा रन आउट भए पनि अप्सरी बेगमले १७ बलमा अविजित २३ रनको योगदान दिइन् ।  

कतारको तर्फबाट एन्जेलिन मरेले सर्वाधिक दुई विकेट हात पार्दा अलिना खान, सबीजा पनायनसाची धड्वालले पनि समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।     

हिजो सम्पन्न पहिलो खेल्ल्मा इन्दु बर्माको अर्धशतक तथा रुबिना क्षेत्री, सीता राना मगर र कविता कुँवरले घातक बलिङ गरे पछि विश्वकप छनोटको तयारीमा नेपाली महिला टोलीले कतारसँगको पहिलो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा ११९ रनको कीर्तिमानी जित हात पारेको थियो । जितसँगै नेपालले तीन खेलको शृंखलामा १-० को अग्रता पनि कायम गर्न सफल भएको थियो ।    

हिजोको खेलमा नेपालले ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा सर्वाधिक फराकिलो जित हात पारेको थियो । यस अघि नेपालले सन् २०१९ मा इन्डोनेसिया विरुद्ध ९२ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

त्यस्तै इन्दु बर्माले नेपालको लागि ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा पहिलो अर्धशतक प्रहार गर्ने महिला खेलाडी पनि बन्न सफल भएकी थिइन् । तेश्रो नम्बरमा ब्याटिङ गर्न आएकी इन्दु बर्माले नेपालको ४७ बलको समान गर्दै अविजित ५५ रनको पारी खेलिन् । इन्दुको यो व्यक्तिगत तथा नेपालको तर्फबाट पहिलो अर्धशतक हो । नेपालको तर्फबाट सर्वाधिक ५५ रन बनाएकी इन्दु रिटायर्ड हर्ट हुन पुगिन् ।  

यस बाहेक नेपालले  चार विकेट गुमाएर १४६ रनको विशाल योगफल पनि बनायो जुन नेपाली महिला टोलीले ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा बनाएको सबैभन्दा ठुलो योगफल हो । यस अघि सन् २०१९ मा सम्पन्न ट्वान्टी ट्वान्टी विश्वकप एसिया छनोटमा मलेसिया विरुद्ध १२६ रन बनाएको थियो ।     

Click to comment

Trending