ए डिभिजन लिग

ए डिभिजन लिगलाई कतार एयरको प्रायोजन साथ

Published

on

अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा हुन लागेको शहीद स्मारक ए डिभिजन लिगलाई कतार एयरले प्रायोजन गरेको छ ।

आज एन्फा मुख्यालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार एयरका लागि नेपालका कन्ट्री म्यानेजर मोहम्मद एल इमामले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

कतार एयरले गत संस्करणको लिगमा पनि एन्फालाई प्रयोजन गरेको थियो भने यो पटक पनि त्यसलाई निरन्तरता दिएको हो । कतार एयरले एन्फासँग एक लाख पचास हजार डलर (करिब एक करोड ७५ लाख) बराबरको प्रायोजन गरेको हो । गत वर्ष पनि एन्फाले एक लाख ५० हजार डलरमा नै कतारसँग प्रयोजनको सम्झौता गरेको थियो ।

प्रयोजन बापत ए डिभिजन लिगमा सहभागी सबै टोलीले कतार एयरको लोगो अंकित जर्सी लगाउने छन् भने खेल स्थलमा कतार एयरको विज्ञापनको बोर्डहरूको लागि एन्फाले स्थान दिनेछ ।

यस पटकको लिग आगामी शुक्रबारबाट सुरु हुँदैछ । फाल्गुन सम्म सञ्चालन हुने लिगको उद्घाटन खेलमा यसै पटक ए डिभिजन लिगमा बढुवा भएको सातदोबाटो युवा क्लब र फ्रेन्ड्स क्लबका बीचमा प्रतिस्पर्धा हुनेछ ।         

 

Click to comment

Trending