Headline

ब्राजिलसँगको बराबरीपछि अर्जेन्टिना बिश्वकपमा

Published

on

ब्राजिलसँगको गोलरहित बराबरीपछि कोपा अमेरिका च्याम्पियन अर्जेन्टिना २०२२ कतार बिश्वकपका लागि पाँच खेल अगाडी नै छनोट भएको छ ।

खेल अगाडी नै अर्जेन्टिनालाई जितले बिश्वकपमा स्थान बनाउन सहयोग नगरेपनि अन्य खेलको नतिजा अनुरुप बराबरीले भने पर्याप्त हुने थियो । र उसका लागि त्यही भयो ।

अन्य खेलमा चिली र उरुग्वे पराजित भएपछि अर्जेन्टिनाले कतारको टिकट काट्यो । चिली घरेलु मैदानमै इक्वेडरसँग २–० ले पराजित भयो भने उरुग्वे बोलिभियासँग ३–० ले स्तब्ध भयो ।

१० टिमको एकमात्र समुह रहेको डबल राउण्ड रोबिन लिग दक्षिण अमेरिकी छनोटमा ब्राजिल ३५ अंकका साथ यसअघि नै बिश्वकपका लागि छनोट भइसकेको थियो भने अर्जेन्टिनाको २९ अंक भएको छ । छनोटमाा अपराजित दुवैले समान १३ खेल खेलेका छन् ।

इक्वेडर २३ अंकका साथ तेश्रो स्थानमा कायमै रहेको छ भने कोलम्बिया र पेरुको समान १७ अंक रहेको छ । चिली र उरुग्वेको समान १६ अंक छ । दक्षिण अमेरिकी छनोटबाट शिर्ष चार टोली सिधै बिश्वकपका लागि छनोट हुने छन् ।

अर्को एक टोलीले भने अन्तर महादेशीय प्ले अफ खेल्नु पर्नेछ । मात्र चार खेल बाकीँ रहेको स्थितिमा चिली र उरुग्वेले अब शिर्ष चार स्थानको लागि संघर्ष गर्नु पर्ने देखिन्छ । बोलिभियाको १५ र पराग्वेको १३ अंक छ । भेनेजुएला लगभग बाहिरिसकेको छ ।

Click to comment

Trending