Headline

आफ्नो फुटबल इतिहासकै ठूलो जित हात पार्दै इंगल्याण्ड बिश्वकपमा

Published

on

ह्यारी केनले लगातार दोश्रो ह्याट्रिक सहित चार गोल गरेपनि इंगल्याण्ड प्रतिस्पर्धात्मक फुटबलमा आफ्नो अहिलेसम्मकै बिशाल जित निकाल्दै कतार बिश्वकपका लागि छनोट भएको छ ।

युरोपियन छनोटमा सोमबार भएको खेलमा इंगल्याण्डले युरोपकै सानो मध्येको एक टोली सान मारिनोमाथि १० गोलको बर्षा गर्यो । समुह आईमा बराबरीले पनि पर्याप्त रहेको खेलमा इंगल्याण्डले आफ्नो फुटबल इतिहासकै ५५ बर्षयताको ठूलो जित निकालेको हो ।

शिर्ष स्थानमा डबल लिग समाप्त गरेको इंगल्याण्डले १० खेलमै अपराजित रहदै २६ शिर्ष स्थान कब्जा गर्यो भने प्लेअफमा सिमित रहेको पोल्याण्डको २० अंक रह्यो ।

ह्यारी मग्वायरको गोलबाट छैटों मिनेटमा अग्रता लिएको इंगल्याण्डले १५ औं मिनेटमा फिलिप्पो फाब्रीको आत्मघाती गोल उपहार पाएको थियो । त्यसपछि केनले २७ देखि ४२ औं मिनेटसम्म लगातार चार गोल गरेका थिए

२०२१ मा १६ गोल गरेका केन इंगल्याण्डका लागि एकै बर्ष सर्वाधिक गोल गर्ने खेलाडी पनि बनेका छन् । यस क्रममा उनले जर्ज हिल्स्डन (१९०८) र डिक्सी डिन (१९२७) को किर्तिमानलाई पछाडी पारेका हुन् ।

यस्तै इंगल्याण्डको सर्वाधिक गोलकर्ताको सुचीमा केनले तेश्रो नम्बरमा रहेका ग्यारी लिनेकरको ४८ गोलको किर्तिमानको बराबरी गरेका छन् । अब उनीभन्दा अगाडी मात्रै बबी चाल्र्टन (४९) र वेन रुनी (५३) रहेका छन् ।

सोमबार एमिली स्मिथ रोवेले ५८ औं मिनेटमा इंग्ल्याण्डको सातौं गोल गरेपछि सान मारिनो १० खेलाडीमा सिमित भएको थियो । त्यसपछि टाइरोन मिंग्स, ट्यामी अब्राहम र बुकायो साकाले १–१ गोल जोडेका थिए ।

इंगल्याण्डले एकै खेलमा १० गोल सन् १९६४ मा अमेरिकाबिरुद्धको मैत्रीपूर्ण फुटबलमा प्रहार गरेको थियो ।

Click to comment

Trending