Headline

इटालीको सोझै बिश्वकपमा छनोट हुने सपनामा धक्का

Published

on

नर्दन आयरल्याण्डसँग बराबरीमा रोक्किएपछि इटालीको बिश्वकपमा फर्कने सपनामा एक पटक फेरि धक्का लागेको छ ।

युरोपियन छनोटको समुह सीबाट स्विट्जरल्याण्डले बिश्वकपका लागि एक मात्र स्थानमा कब्जा गर्यो भने इटालीले एक पटक फेरि प्ले अफमा खेल्नु पर्ने भएको छ । स्विट्जरल्याण्डसँग गोल अन्तरमा अग्रता लिएको इटालीले अन्तिम खेलमा नर्दन आयरल्याण्डको भ्रमण गर्दा स्विस टोली बुल्गेरियाबिरुद्ध खेल्दै थियो ।

नर्दन आयरल्याण्डसँग इटाली गोलरहित बराबरीमा रोक्कियो भने स्विट्जरुलायण्डले ४–० को बिशाल जित हात पार्दै अंक तालिकामा दुई अंकले शिर्ष स्थान कब्जा गर्यो ।

इटालीले अब मार्च २६ बाट शुरु हुने १२ टिम सम्मिलित प्ले अफबाट युरोपको लागि बाकी रहेको बिश्वकपको लागि अन्तिम तीन स्थानका लागि खेल्नेछ । प्ले अफमा तीन समुहमा चार–चार टोली रहने छन् र शिर्ष स्थान ओगट्ने टोलीले मात्र बिश्वकप खेल्नेछ ।

२०१८ को बिश्वकपका लागि पनि इटाली स्विडेनसँग पराजित हुँदै बाहिरिएको थियो ।

“अहिले जे हो त्यही हो । खेललाई नियन्त्रणमा लिएपनि हामी गोल गर्न असफल रह्यौ । यो खेल अगाडी नै हामीले यो समुहबाट बिश्वकपमा स्थान बनाउनु पर्ने थियो,” इटालीका प्रशिक्षक रोबर्टो मान्चिनीले भने ।

युरो कपको उपाधि उचाले छनोटमा कमजोर प्रदर्शन गर्दै आए पनि मान्चिनी प्ले अफबाट कतारको टिकट काट्नेमा भने बिश्वस्त देखिन्छन् । मार्चमा इटालीले आफ्नो पहिलो तीन खेल जिते पनि त्यसपछिका चार खेलमा बराबरी गरेको थियो भने लिथुवानीयालाई हराएको थियो । स्विट्जरल्याण्डसँग खेलेका दुवै बराबरीमा इटालीले पेनाल्टीमा गोल गर्न चुकेको थियो ।

लुसेर्नेमा भएको खेलमा स्विट्जरल्याण्डको जितमा नोआह ओकाफोर, रुबेन भर्गास, सेड्रिक इटेन र रेमो फ्रुलरले गोल गरेका थिए ।

Click to comment

Trending