T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप फाइनल : अष्ट्रेलिया विरुद्ध न्युजिल्यान्ड पहिले ब्याटिङ गर्दै 

Published

on

युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकपको फाइनल खेलमा न्युजिल्यान्डले पहिले ब्याटिङ गर्ने भएको छ । अष्ट्रेलियाका कप्तान एरोन फिन्चले टस जितेर न्युजिल्यान्डलाई पहिले ब्याटिङ गर्न लगाएका हुन् । 

आजको खेलमा अष्ट्रेलियाले सेमिफाइनल खेलेको टोलीलाई नै उतारेको छ भने न्युजिल्यान्डले एक परिवर्तन गरेको छ । यस अघिको खेलमा चोट बोकेका डेवन कन्वेको स्थानमा टिम सेइफर्टले सुरुवाती ११ मा स्थान बनाएका छन् ।

यस विश्वकपको तथ्याङ्कलाई हेर्ने हो भने जुन टोलीले टस जित्दै पहिले बलिङ गर्दछ उसैले खेलमा पनि जित हात पारेको छ ।  

दुबै अष्ट्रेलिया र न्युजिल्यान्ड पहिलो ट्वान्टी ट्वान्टी विश्वकपको ट्रफी उचाल्ने लक्ष्यमा रहेका छन् । आजको खेलमा जित हात पार्ने टोलीले पहिलो पटक ट्वान्टी ट्वान्टी विश्वकपको उपाधि चुम्ने छ । न्युजिल्यान्ड पहिलो पटक ट्वान्टी ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको हो भने अष्ट्रेलियाले यस अघि सन् २०१० मा इंग्ल्यान्डमा सम्पन्न ट्वान्टी ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरे पनि आयोजक इंग्ल्यान्डसँग सात विकेटले पराजित हुँदै उपविजेतामा सीमित हुन बाध्य भएको थियो । 

सेमिफाइनलमा न्युजिल्यान्डले इंग्ल्यान्डलाई तथा अष्ट्रेलियाले समुह चरणमा अपराजित पाकिस्तानलाई समान ५-५ बिकेटले पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन् ।  

ट्वान्टी ट्वान्टीमा अष्ट्रेलिया र न्युजिल्यान्ड १४ पटक एक आपसमा भिड्दा अष्ट्रेलिया नौ खेलमा विजयी हुँदा न्युजिल्यान्डले पाँच खेल मात्र आफ्नो पक्ष्यमा पार्न सफल भएको थियो । विश्वकपमा हेर्ने हो भने यि दुई टोलीले एक खेल मात्र खेलेका छन् जसमा न्युजिल्यान्डले जित हात पारेको थियो ।  

 

Click to comment

Trending