Women T20 World Cup Qualfiers

मिसन वर्ल्डकप : नेपाली टोली आज कतार जाँदै 

Published

on

ट्वान्टी ट्वान्टी विश्वकप छनोटको तयारीमा रहेको नेपाली टोली आज कतारतर्फ उड्दै छ । नोभेम्बर २२ बाट युएईमा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकप छनोट अघि आयोजक कतार विरुद्ध ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेल्नका लागि नेपाली टोली कतार उडेको हो ।

पहिलो पटक ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय शृंखला खेल्न लागेको नेपाली महिला टोलीले भ्रमणका क्रममा कतारसँग तीन खेलको शृंखला खेल्ने छ । नेपाले कतारसँग नोभेम्बर १६ मा पहिलो खेल खेल्ने छ भने  १७ र १८ मा दोश्रो र तेश्रो गरेर तीन अन्तर्राष्ट्रिय खेल खेल्ने छ । 

नेपाली टोली ट्वान्टी ट्वान्टी शृंखला सकिएको भोलिपल्ट नै  नोभेम्बर १९ मा कतारबाट नै युएईका लागि उड्ने छ ।

नेपालले कतार उड्नु अघि बंगलादेशको भ्रमण गरेको थियो । उक्त भ्रमणका क्रममा नेपालले बिकेएसपीसँगको तीन खेलको शृंखला खेल्दै बङ्गबन्धु फ्रेन्डसिप बिकेएसपी कपको उपाधि २-१ ले  जितेको थियो । नेपाल ले पहिलो खेल २४ रनले तथा तेश्रो खेल सात विकेटले जितेको थियो भने दोश्रो खेलमा पाँच विकेटको हारको सामना गरेको थियो ।   

मुख्य प्रशिक्षक जगत टमाटाको प्रशिक्षण र रुबिना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोलीमा विकेटकिपर ब्याट्सवुमन ज्योति पाण्डे, डली भट्ट, सिता राना मगर, करुण भण्डारी, इन्दु बर्मा, सरिता मगर, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र संगिता राई रहेका छन् ।  

नेपाली महिला टोलीले करिब दुई वर्ष पछि पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेका हुन् । नेपाली टोलीले पछिल्लो पटक नेपालमा आयोजना भएको दक्षिण एसियाली खेलकुद साफ अन्तर्गत क्रिकेट खेलेको थियो ।

 

Click to comment

Trending