Headline

डि मारियाको गोलमा अर्जेन्टिना बिश्वकप नजिक

Published

on

एन्जेल डि मारियाको एक मात्र निर्णायक गोलको मद्दतमा अर्जेन्टिना कतार बिश्वकप नजिक पुगेको छ ।

सुपरस्टार लियोनल मेस्सी अन्तिम समयमा मात्रै बोलाइएको खेलमा अर्जेन्टिनाले शुक्रबार भएको दक्षिण अमेरिकी छनोटमा उरुग्वेलाई १–० ले हरायो । १२ खेलपछि अर्जेन्टिना २८ अंक सहित दोश्रो स्थानमा छ ।

डबल राउण्ड रोबिन लिग रहेको दक्षिण अमेरिकी छनोटबाट ब्राजिल ३४ अंकका साथ बिश्वकपका लागि बिहिबार छनोट भएको थियो । अर्जेन्टिनालाई अब बिश्वकप छनोटका लागि एक मात्रै जित पनि पर्याप्त हुनेछ ।

मोन्टेभिडियोमा भएको अवे खेलमा डि मारियाले पाब्लो डिबालाको असिस्टमा खेलको सातौं मिनेटमै गोल गरेका थिए । पछिल्लो २६ खेलमा अपराजित रहेको अर्जेन्टिनाले मंगलवार ब्राजिललाई हराउने र कोलम्बिया, चिली अथवा उरुग्वे मध्ये कुनै एक टोलीले जित हात पार्न नसक्ने हो भने बिश्वकपका लागि छनोट हुनेछ ।

हारपछि लुईस सुवारेजको उरुग्वे भने कोलम्बिया र चिली पछाडी प्लेअफ स्थानमा धकेलिएको छ । दक्षिण अमेरिकी छनोटमा शिर्ष चार स्थानमा रहने टोली सोझै बिश्वकपका लागि छनोट हुनेछ ।

Click to comment

Trending