Headline

बिश्वकप छनोटः इंगल्याण्डको बिशाल जितमा केनको ह्याट्रिक, इटाली रोक्कियो

Published

on

ह्यारी केनको ह्याट्रिकमा इंगल्याण्ड अल्बानियालाई ५–० ले पराजित गर्दै बिश्वकप नजिक पुगेको छ भने इटाली स्विट्जरल्याण्डसँग रोक्किएपछि कतारको लागि अझै कुर्नु पर्ने भएको छ ।

सोमबार युरोपकै कमजोर टोली सान मारिनोसँग खेल बाकी रहेपनि इंगल्याण्डलाई बिश्वकपको लागि अभैm एक अंक आवश्यक रहेको छ । समुह आई मा रहेको इंगल्याण्डसँग तीन अंक र ६ गोल अन्तरको अग्रता रहेको छ । दोश्रो स्थानमा रहेको पोल्याण्डले शुक्रबार नै भएको खेलमा १० खेलाडीमा सिमित एन्डोरालाई ४–१ ले पराजित गर्यो ।

ह्यारी मग्वायरको गोलबाट अग्रता लिएको इंगल्याण्डको जितमा केनले प्रिमियर लिगको खराब फर्मलाई पछाडी छोड्दै ह्याट्रिक पुरा गरे । केनले यो सिजन प्रिमियर लिगमा मात्र एक गोल गर्दा केनले इंगल्याण्डका लागि पाँच खेलमा ६ गोल गरिसकेका छन् ।

इंगल्याण्डको फराकिलो जितमा अर्को गोल जेम्स हेन्डर्सनले गरेका थिए । उनको गोलमा केनकै असिस्ट रहेको थियो ।

जोर्जिन्होले पेनाल्टीमा गोल गर्न चुकेपछि इटालीले बिश्वकप तर्फ ठूलो छलाँग मार्न असफल रह्यो । रोमामा भएको खेलमा युरो कप च्याम्पियन इटाली स्विट्जरल्याण्डसँग १–१ गोलको बराबरीमा रोक्कियो ।

एक समुहबाट एक टोलीमात्र बिश्वकपका लागि छनोट हुने स्थितिमा इटाली र स्विट्जरल्याण्ड समान १५ अंक रहेको छ । इटाली मात्र दुई गोलले स्विट्जरल्याण्ड भन्दा अगाडी रहेको छ भने अन्तिम खेलमा नर्दन आयरल्याण्डसँग खेल्नेछ ।

सिल्भन वेडमरले गोल गरेपछि इटाली घरेलु मैदानमा पछि परेको थियो । तर ९ मिनेटपछि नै इटालीले जियोभानी डि लोरेन्जोको गोलमार्फत खेलमा बराबरी गरेको थियो ।

अन्तिम समयमा युलिसेस गार्सियाले डोमेनिको बेरार्डीलाई धकेलेको कारण पाएको बिवादास्पद पेनाल्टीमा जोर्जिन्हो गोल गर्न चुकेका थिए ।

Click to comment

Trending