Headline

सिप्यानको कवितालाई एक लाख रुपैया सहयोग

Published

on

क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले राष्ट्रिय महिला क्रिकेटर कविता गौतमको उपचारका लागि एक लाख रुपैया सहयोग गरेको छ ।

गत बर्ष भएको मेयर कपका दौरान कविताको घुँडामा चोट लागेपछि मैदान बाहिर रहदै आएकी छिन् । एक युट्यूब च्यानलमा आएको डकुमेन्टरीमा चोटग्रस्त कवितालाई उपचारमा कठिनाई भइरहेको जानकारी प्राप्त भएपछि उनको लागि सहयोग रकम संचालन अभियानहरु शुरु भएका हुन् ।

सिप्यानले यसै सन्दर्भमा परिवारको आर्थिक अवस्था कमजोर रहेको कवितालाई सहयोग गर्ने भएको हो । कविताका लागि नेपाली क्रिकेट समर्थक समाजले पनि रकम संकलन गर्ने अभियान शुरु गरिसकेको छ ।

कविता किर्तिपुरमा भएको उमेन्स च्याम्पियन्स लिग प्रतियोगितामा बिजेता टोली चितवन राइनोजका लागि उत्कृष्ट बलर घोषित भएकी थिइन् ।

Click to comment

Trending