Headline

रिजवानले दुई दिन आईसीयुमा बिताएर सेमिफाइनल खेलेको खुलाशा

Published

on

ट्वान्टी ट्वान्टी बिश्वकप सेमिफाइनलमा अष्ट्रेलियाबिरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै खेलको सर्वाधिक रनकर्ता बनेका पाकिस्तानी ओपनर मोहम्मद रिजवानले दुई दिन दुबईको आइसीयुमा बिताएर मैदानमा उत्रिएको खुलाशा भएको छ ।

रिजवानले ५२ बलमा ६७ रन बनाएपछि पाकिस्तानले २० ओभरमा चार विकेट गुमाउदै १ सय ७६ रनको चुनौतिपूर्ण योगफल बनाएको थियो । पाकिस्तानले एक समय खेललाई आफ्नो नियन्त्रणमा लिएपनि मार्कस स्टोइनिस र म्याथ्यु वेडले छैटौं विकेटकका लागि ४० बलमा ८१ रनको साझेदारी गरेपछि अष्ट्रेलियाले एक ओभर बाकी रहदै पाकिस्तानलाई स्तब्ध बनाएको थियो ।

तर खेल समाप्त भएपछि पाकिस्तानका ब्याटिङ्ग कोच म्याथ्यु हेडन रिजवानको प्रशंशा नगरि बस्न सकेनन् । “उनी एक योद्धा हुन् । बिश्वकपका दौरान उनले उत्कृष्ट खेले र अद्वितीय साहस देखाउदै शुक्रबार मैदानमा उत्रिए,” पुर्व अष्ट्रेलियन ओपनर हेडनले भने ।

रिजवानले खेलका दौरान चार बिशाल छक्का प्रहार गरेका थिए जसमध्ये तीन तिब्र गतिका बलर जोस हेजलउडबिरुद्ध थियो भने एक लेग स्पिनर एडम जाम्पाबिरुद्ध ।

पाकिस्तानी टिम क्याम्पले खुलाए अनुसार रिजवानलाई छातीमा गम्भिर इन्फेक्सन भएको थियो । उनी मंगलवार बिरामी भएपनि दुबईको हस्पिटलमा लगिएको थियो जहा उनले दुई दिन आईसियु बेडमा बिताएका थिए ।

सेमिफाइनलको दिन बिहिबार बिहान मात्र उनलाई हस्पिटलले डिस्चार्ज गरेको थियो । “उनले आज उत्कृष्ट खेले । मलाई उनलाई केही ठिक छैन की जस्तो पनि लागिरहेको थियो तर जब मैले उनलाई उनको स्वास्थ्यको बारेमा सोधे उनले म खेल्नको लागि तैयार छु भने । उनी टिमको लागि खेल्छन्,” पाकिस्तानी कप्तान बाबर आजमले भने ।

प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीमा बाबर र रिजवान नै रहेका छन् । बाबरले चार अद्र्धशतक प्रहार गर्दै ६ खेलमा ३ सय ३ रन बनाए भने रिजवानले तीन अद्र्धशतकको मद्दतमा २ सय ८१ रन बनाए ।

दुई पाकिस्तानी खेलाडीलाई उछिन्ने सम्भावनामा अष्ट्रेलियन ओपनर डेभिड वार्नर देखिन्छन् । उनको २ सय ३६ रन रहेको छ ।

Click to comment

Trending