Headline

६ खेल बाकी रहदै ब्राजिल बिश्वकपका लागि क्वालिफाई

Published

on

कोलम्बियालाई १–० ले पराजित गर्दै ब्राजिल २०२२ कतार बिश्वकपका लागि छनोट भएको छ । बिहिबार दक्षिण अमेरिकी छनोटमा आफ्नो ११ औं जित हात पार्दै ब्राजिल बिश्वकपका लागि छनोट भएको हो ।

ब्राजिलको जितमा लुकास पाकेटाले निर्णायक गोल गरेका थिए । कतारको टिकट काट्ने ब्राजिल तेश्रो टिम हो । युरोपियन छनोटबाट जर्मनी र डेनमार्क छनोट भइसकेका छन् भने कतारले आयोजकको रुपमा बिश्वकप खेल्नेछ ।

अर्जेन्टिनासँगै दक्षिण अमेरिकी छनोटमा अपराजित रहेको ब्राजिल गत महिना कोलम्बियासँग बराबरीमा रोक्किएको थियो । ३४ अंक रहेको ब्राजिल ६ खेल बाकी नै रहेको स्थितिमा बिश्वकपका लागि छनोट भएको हो ।

चार खेलमा बराबरी गरेको अर्जेन्टिना २५ अंकका साथ दोश्रो स्थानमा रहेको छ भने इक्वेडरको २० र चिलीको १६ अंक छ । डबल राउण्ड रोबिन लिगपछि शिर्ष चार टिम सोझै बिश्वकपका लागि छनोट हुने अंक तालिकामा कोलम्बिया १६ अंक रहेपनि शिर्ष चारबाट बाहिर छ ।

ब्राजिलका लागि बिहिवारको खेल सहज भने थिएन । पहिलो हाफमा कोलम्बिायाले नै ब्राजिललाई दवाबमा राखेको थियो । तर प्रशिक्षक टिटेले रणनैतिक परिवर्तन गरेपछि ब्राजिल दोश्रो हाफमा भने हावी भएको थियो ।

७२ औं मिनेटमा ब्राजिलले लोभ लाग्दो टिम गोल गर्यो । माकिन्होसले मध्यभागबाट निकालेको पासलाई नेमारले पहिलो टचमै बक्स भित्र पाकेटालाई दिएका थिए । पाकेटाले दुई कोलम्बियन डिफेन्डरले दवाब दिइरहदा गरेको प्रहार डेभिड ओस्पिनालाई बिट गर्दै सुन्दर गोलमा परिणत भएको थियो ।

गत हप्ता पेरुसँग २–० ले पराजित भएपछि स्तब्ध भएको चिलीले बिहिबार भने पराग्वेलाई १–० ले पराजित गर्दै बिश्वकपको समिकरणमा आफूलाई फर्काएको हो । गोलकिपर एन्थोनी सिल्भाको आत्मघाती गोलका कारण चिली बिजयी भएको हो ।

Click to comment

Trending