Headline

फुटबलको ‘ब्ल्याक होल’ बाट बाहिर निक्लेको इटाली बिश्वकपमा फर्कन आतुर

Published

on

बिश्वकपको आशा अझै पनि सन्तुलनमै रहेको स्थितिमा इटाली शुक्रबार स्विट्जरल्याण्डबिरुद्ध भिड्दा युरोपको नयाँ च्याम्पियन २०१८ को असफलताको श्रापलाई पछाडी छोड्ने दाउमा हुनेछ ।

समुह सी मा समान अंक भएपनि इटाली गोल अन्तरका आधारमा शिर्ष स्थानमा छ र अर्को बर्ष कतारमा हुने बिश्वकपको एक मात्र स्थानका लागि युरोमा पनि भिडेका दुई टोली एक आपसमा खेल्ने छन् ।

रुसमा भएको २०१८ बिश्वकपमा स्थान पाउन नसकेपछि इटालियन फुटबललाई रोबर्टो मान्चिनीले सम्हालेका थिए । ६ दशकमा पहिलो पटक बिश्वकपमा छनोट हुन असफल टोलीका प्रशिक्षकलाई यस पटक स्थान बनाउनु महत्व राम्ररी थाहा छ ।

“युरो फाइनलपछि यो नै हाम्रो फुटबलको टोलीका लागि सबैभन्दा ठूलो खेल हो र यसमा हामीले राम्रो खेल्नु निकै जरुरी छ । हामीलाई थाहा छ हामीले जित्नु पर्छ,” मान्चिनीले भने । अन्तर्राष्ट्रिय फुटबलको सबैभन्दा ठूलो स्टेजमा ८ बर्षपछि फर्कनका लागि हुन गइरहेको खेलको गहनतलाई लिएर भने मान्चिनी शान्त रहने चाहे ।

२०१७ को प्लेअफमा स्विडेनसँग पराजित भएपछि इटालीलाई आफू फुटबलको ब्ल्याक होलमा प्रवेश गरे जस्तो भएको थियो । उ युरोपमा पछि पर्यो भने बिश्वस्तरीय प्रतिभाको पुल पनि रहेन ।

त्यस यता पुर्व इन्टर मिलान र म्यानचेस्टर सिटी प्रशिक्षक मान्चिनीले युवा र भेटेरान खेलाडीहरुको मिश्रणबाट एउटा शैलीको फुटबल खेलाउदै इटाली राष्ट्रिय टोलीमा नयाँ जोश भरिदिएका छन् ।

“मलाई लाग्दैन हामीले सबै कुरा गुमाउनेछौं,” स्विट्जरल्याण्डलाई जित्न पर्ने दवाबलाई लिएर मान्चिनीले भने । “यो निकै महत्वपूर्ण खेल हो र जितले हाम्रो लागि बिश्वकपको ढोका खोल्ने तथ्य पनि सहि हो । तर अन्त्यमा यो एक फुटबल म्याच मात्रै हो ।”

मुख्य अनुपस्थिति

शुक्रबारको खेल नजिकिदै गर्दा पिडुलाको चोटका कारण सेन्टर फर्वार्ड सिरो इम्मोबिले र रोमाका मिडफिल्डरद्वय लोरेन्जो पेलेग्रिनी र निकोलो जानियोलोलाई गुमाएका छन् । तर सबैभन्दा ठूलो अनुपस्थिति भने कप्तान जर्जियो किलिनीको रहनेछ । उनी तिघ्राको चोटका कारण बाहिरिएका हुन् ।

इटालीको लागि राम्रो समाचार भने ५० हजार दर्शक क्षमताको स्टाडियो ओलिम्पिकोमा मिडफिल्डर निकोला बरेला खेल्ने छन् । सप्ताहन्तमा मिलान डर्बी दौरान माँसपेसीको समस्याका कारण बाहिरिएका बरेलाले बुधबार टिमसँगै प्रशिक्षण गरेका थिए ।

स्विट्जरल्याण्डले पनि ग्रानित जाखा र ह्यारिस सेफेरोभिच लगायतका थुप्रै खेलाडीहरुका गुमाएको छ । सबैभन्दा ठूलो झड्का भने फर्वार्ड ब्रिल एम्बोलो साथमा नहुनु हो ।

“मलाई बिश्वास नै लागिरहेको छैन । मैले आफैलाई यो होइन होला भनेर सम्झाइरहेको थिए । उनी सधै निकै राम्रो दिने गरेका छन्,” इम्ब्रोलोको महत्वलाई लिएर स्विस प्रशिक्षक मुरात यकिनले भने ।

बुन्डेसलिगा टोली बोरुसिया मोइन्चेनग्लाडबाकका लागि यो सिजन लिगमा एक मात्र गोल गरेका २४ बर्षिय इम्ब्रोलोले १५ दिन अघि बायर्न म्युनिखलाई जर्मन कपमा ५–० ले पराजित गर्दा दुई गोल गरेका थिए ।

अघिल्लो महिनाको युरोपियन क्वालिफायरमा उपस्थित उनले स्विट्जरल्याण्डका लागि बिशेष प्रभाव जमाउदै नर्दन आयरल्याण्डबिरुद्धको २–० को जितमा दुवै असिस्ट गरेका थिए भने लिथुवानियालार्य ४–० ले पराजित गर्दा दुई गोल गरेका थिए ।

Click to comment

Trending