T20 World Cup

 ट्वान्टी ट्वान्टी विश्वकप : सन् २०१० को विश्वकपको बदला लिने दाउमा पाकिस्तानले अष्ट्रेलियाको सामना गर्दै 

Published

on

युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गत दोश्रो सेमिफाइनल खेलमा पाकिस्तानले अष्ट्रेलियाको सामना गर्दैछ । दुबै अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने खेल नेपाली समय अनुसार ७:४५ बजे सुरु हुनेछ ।  

पाकिस्तान जारी विश्वकपमा एक मात्र अपराजित टोली हो । पाकिस्तान समुह चरणका पाँच खेल मध्य पाँचवटामा नै जित निकाल्दै समुह २ को विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो भने समुह चरणका चार खेलमा जित पारेको अष्ट्रेलिया समुह १ को विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । समुह १ मा इंग्ल्यान्ड, अष्ट्रेलिया र दक्षिण अफ्रिका तीनवटै टोलीको समान ८-८ अंक रहे पनि इंग्ल्यान्ड र अष्ट्रेलियाले राम्रो रन रेटका आधारमा समुह विजेता र उपविजेता हुँदै सेमिमा स्थान सुरक्षित गरेका हुन् ।

आज हुने दोश्रो सेमिफाइनलको विजेताले उपाधिका लागि न्युजिल्यान्डको सामना गर्नेछ । हिजो सम्पन्न पहिलो सेमिफाइनलमा इंग्ल्यान्ड माथि पाँच विकेटको सनसनीपूर्ण जित निकाल्दै न्युजिल्यान्डले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।

ट्वान्टी ट्वान्टीको तथ्यांक हेर्ने हो भने अष्ट्रेलिया माथि पाकिस्तान नै हाबी छ । समग्रमा २२ पटक एक आपसमा भिड्दा पाकिस्तानले १३ खेलमा जित दर्ता गर्दा अष्ट्रेलियाले नौ खेल मात्र आफ्नो पक्ष्यमा पार्न सफल भएको छ । ट्वान्टी ट्वान्टी विश्वकपमा भने दुबै टोली बराबरीमा रहेका छन् । विश्वकपमा ६ पटक खेल्दा दुबै टोलीले समान ३-३ जित आफ्नो नाममा लेखाएका छन् ।

आज सेमिफाइनलमा अष्ट्रेलियासँग भिड्दा पाकिस्तानलाई पक्कै पनि सन् २०१० मा आयोजना भएको ट्वान्टी ट्वान्टी विश्वकपको यादले सताउने छ । सन् २०१० मा सम्पन्न विश्वकपमा पाकिस्तान जित नजिक रहेको अवस्थामा पनि हारको सामना गर्दा लगातार तेश्रो फाइनल खेल्ने सपनामा तुसारोपात लागेको थियो ।

खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तानले ६ विकेट गुमाएर १९१ रनको विशाल योगफल बनायो । जबाफी ब्याटिङ गरेको अष्ट्रेलियाले सात विकेट गुमाएर एक बल अगावै लक्ष्य पार गर्यो र पहिलो पटक ट्वान्टी ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गर्यो ।

अष्ट्रेलियाले १७ दशमलब एक ओभरमा सात विकेट गुमाएर हारको अवस्थामा पुगे पनि माइकल हस्सीले अन्तिम १७ बलमा ५३ रन जोड्दै तीन विकेटको सनसनीपूर्ण जित दिलाए । २४ बलको सामना गरेका हस्सीले तीन चौका र छ छक्काको मद्दतमा अविजित ६० रनको पारी खेले ।             

    

Click to comment

Trending