T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : इंग्ल्यान्ड माथि सनसनीपूर्ण जित निकाल्दै न्युजिल्यान्ड पहिलो पटक फाइनल 

Published

on

ओपनर ड्यारेल मिचेलको अर्धशतक तथा जेम्स निशमको आक्रामक पारी खेले पछि युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्ड माथि पाँच विकेटको सनसनीपूर्ण जित निकाल्दै न्युजिल्यान्डले पहिलो पटक ट्वान्टी ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको छ । न्युजिल्यान्डले उपाधिका लागि भोलि हुने अष्ट्रेलिया र पाकिस्तान बीचको दोश्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ ।

इंग्ल्यान्डले दिएको १६७ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याएको न्युजिल्यान्डले पाँच विकेट गुमाएर छ बल अगावै लक्ष्य पार गर्यो ।

न्युजिल्यान्डको जितमा अविजित रहेका मिचेलले ४८ बलको सामना गर्दै समान ४-४ चौका र छक्काको मद्दतमा सर्वाधिक ७३ रन बनाए भने डेवन कन्वेले ४६ तथा जेम्स निशमले १० बलमा तीन छक्का र एक चौकाको मद्दतमा आक्रामक २६ रनको योगदान दिए ।

अन्तिम चार ओभरमा न्युजिल्यान्डलाई जितका लागि ५७ रन आवश्यक रहेको अवस्थामा मिचेलनिशमले १२ बलमा ३७ रन जोड्दै जित नजिक पुर्याए । निशमको विकेटको पतन पछि पनि मिचेलले आक्रामक खेल्दै दुई छक्का र एक चौका प्रहार गर्दै न्युजिल्यान्डको फाइनलको यात्रा तय गरे ।   

ओपनर मार्टिन गुप्टिल चार तथा कप्तान केन विलियमसन पाँच रनमा आउट हुँदा निकै खराब सुरुवात गरेको न्युजिल्यान्डको लागि निशमले कन्वेसँग मिलेर तेश्रो विकेटका लागि ८२ रनको साझेदारी गर्दै न्युजिल्यान्डको जितको आधार तयार पारे ।

इंग्ल्यान्डका क्रिस वोक्सलियाम लिविंगस्टोनले समान २-२ तथा आदिल रशिदले एक विकेट आफ्नो नाममा दर्ता गराए ।   

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा चार विकेट गुमाएर १६६ रन बनायो ।

इंग्ल्यान्डको तर्फबाट ३७ बलको सामना गर्दै तीन चौका र दुई छक्का मद्दतमा अलीले अविजित रहँदै सर्वाधिक ५१ रनको पारी खेले भने डाविड मलानले पनि ४१ रनको योगदान दिए ।  

इंग्ल्यान्डले छैटौँ ओभरमा जोनी बेयरस्टोलाई गुमायो भने नवौं ओभरमा टोलीको कुल योगफल ५३ रन रहेको अवस्थामा जस बटलरलाई पनि गुमायो । बेयरस्टो १३ तथा बटर २९ रन बनाएर पेभेलियन फर्किए ।  

तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका मलानले अलीसँग ६३ रनको साझेदारी गर्दै इंग्ल्यान्डलाई चुनौतिपूर्ण लक्ष्य तर्फ लगे । अर्धशतक बनाउनबाट चुकेका मलानले ३० बलमा ४१ तथा लियाम लिविंगस्टोनले १० बलमा १७ रनको योगदान दिए ।   

न्युजिल्यान्डका टिम साउथी, एडम मिल्न, ईश सोधी र जिमी निशमले समान १-१ विकेट हात पारे । 

Click to comment

Trending