Women T20 World Cup Qualfiers

 कप्तान रुबिनाले घातक बलिङ गर्दा नेपाललाई बंगलादेशमा शृंखला 

Published

on

कप्तान रुबिना क्षेत्रीले घातक बलिङ गर्दा नेपाली राष्ट्रिय टोलीले बंगबंधु फ्रेन्डसिप बिकेएसपी कपको उपाधि चुमेको छ । 

ट्वान्टी ट्वान्टी महिला विश्वकप एसिया छनोटको तयारीका लागि बंगलादेश भ्रमण रहेको नेपाली टोलीले बिकेएसपीसँगको तेश्रो तथा अन्तिम खेलमा सात विकेटको जित हात पार्दै तीन खेलको शृंखला २-१ ले आफ्नो कब्जामा पारेको हो । नेपाली टोलीले पहिलो खेलमा २४ रनको जित हात पारेको थियो भने दोश्रो खेलमा पाँच विकेटको हारको सामना गरेको थियो ।  

कप्तान रुबिनाले चार विकेट हात पार्दा खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको बिकेएसपीले १६ दशमलब पाँच ओभरमा आफ्ना सबै विकेट गुमाएर ५३ रन मात्र जोड्न सक्यो भने जबाफी ब्याटिङ गरको नेपालले १४ ओभर खेल्दै तीन विकेटको नोक्सानीमा लक्ष्य पार गर्यो ।

नेपालको जितमा कविता जोशी र सरिता मगरले अविजित रहँदै क्रमश १४ र १३ रनको पारी खेले भने ओपनर काजल श्रेष्ठ १०, अर्की ओपनर सिता राना मगर र इन्दु बर्मा समान ५-५ रनमा आउट भए ।

खेलको प्लेयर अफ द म्याच र प्लेयर अफ द सिरिज घोषित रुबिनाले तीन ओभर बलिङ गर्दै ६ रन खर्चिएर सर्वाधिक चार विकेट हात पारिन् । रुबिना बाहेक करुणा भण्डारीले दुई तथा कविता कुँवर र सीता राना मगरले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।

बंगलादेशको तर्फबाट अविजित रहेकी बोन्याले १८ बलको सामना गर्दै दुई चौकाको मद्दतमा सर्वाधिक १७ रन बनाइन् भने अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।   

नेपाली टोलीले नोभेम्बर २२ बटा युएईमा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकप छनोट अघि घरेलु टोली कतारसँग नोभेम्बर १६, १७ र १८ मा तीन खेलको शृंखला खेल्ने छ । कतारमा शृंखला सक्काएर नेपाली टोली १९ मा युएई तर्फ उड्ने छ ।

Click to comment

Trending