अन्तर्राष्ट्रिय

रोहित शर्मा भारतको नयाँ कप्तान नियुक्त

Published

on

भारतीय क्रिकेट बोर्डले ओपनर रोहित शर्मालाई भारतको नयाँ कप्तान नियुक्त गरेको छ । बिसीसीआईले न्युजिल्यान्ड विरुद्धको तीन ट्वान्टी ट्वान्टी शृंखलाको नाम सार्वजनिक गर्दै रोहितलाई ट्वान्टी ट्वान्टीको नयाँ कप्तान नियुक्त गरेको हो ।

युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकपको पहिलो पहिलो चरणबाट नै भारत बाहिरिएसँगै विराट कोहलीले ट्वान्टी ट्वान्टीको कप्तानीबाट राजिनामा दिएका थिए । कोहलीले विश्वकप अघि विश्वकपको समाप्तिसँगै आफूले कप्तानी छाड्ने घोषणा गरेका थिए ।

बिसीसीआईले न्युजिल्यान्डसँगको शृंखलाका लागि मात्र रोहितलाई कप्तान नियुक्त गरेको हो कि स्थायी रुपमा नै नियुक्त गरेको हो यस बारेमा भने केही खुलासा गरेको छैन । त्यस्तै भारतीय टोलीका अर्का ओपनर केएल राहुललाई उपकप्तानको जिम्मेवारी दिएको छ । यस अघि रोहितले पनि न्युजिल्यान्ड विरुद्ध विश्राम लिने र राहुलले भारतको कप्तानी गर्न सक्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका थिए ।

न्युजिल्यान्ड विरुद्धको शृंखलामा कोहली, जस्प्रित बुम्रा, रविन्द्र जडेजा र मोहम्मद शामीले विश्राम लिने भएका छन् । त्यस बाहेक हार्दिक पान्ड्याशार्दुल ठाकुर पनि टोलीमा समावेश छैनन् ।  

भारतले उक्त शृंखलामा चार नयाँ अनुहारलाई समावेस गरेको छ । आईपीएल र घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका कारण ओपनर रुतुराज गायकवाड, हर्षल पटेल, आवेश खान र भेङ्कटेश ऐयरलाई भारतीय टोलीमा स्थान बनाउन सफल भएका छन् । गायकवाडले दोश्रो रोजाईको भारतीय टोलीले गरेको श्रीलंका भ्रमणमा भारतका लागि डेब्यु गरिसकेका छन् भने अन्य तीनले डेब्यु गर्न बाँकी नै छ ।

यस्तै ट्वान्टी ट्वान्टी विश्वकपको टोलीमा पर्न असफल रहेका युजबेन्द्र चाहल, श्रेयस ऐयर र अक्सर पटेल पनि टोलीमा अटाएका छन् ।

भारत र न्युजिल्यान्ड विरुद्धको ट्वान्टी ट्वान्टी शृंखला नोभेम्बर १७, १९ र २१ मा क्रमश जयपुर, राँची र कोलकातामा खेलाइने  छ ।

भारतीय टोलीको मुख्य प्रशिक्षक भए पछि राहुल द्रविडको यो पहिलो शृंखला हो ।  

 

Click to comment

Trending