T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : न्युजिल्यान्ड विरुद्ध अफगानिस्तानको खराब सुरुवात, भारतको चिन्ता बढ्दै 

Published

on

ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गत समुह चरणको आफ्नो अन्तिम खेलमा अफगानिस्तानले न्युजिल्यान्ड विरुद्ध निकै खराब सुरुवात गरेको छ।  

खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको अफगानिस्तानले पावर प्लेको समाप्तिमा तीन विकेट गुमाएर मात्र २३ रन जोड्न सकेको छ । 

तेश्रो ओभरको दोश्रो बलमा विस्फोटक ब्याटर मोहम्मद शहजाद ११ बल खेल्दै चार रनमा एडम मिल्नको शिकार भए भने त्यस लगत्तैको ओभरमा अर्का ओपनर हजरतउल्लाह जजाई दुई रन जोड्दै ट्रेन्ट बोल्टको बलमा आउट हुन पुगे ।

तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका रहमानउल्लाह गुरबाज चार रनमा टिम साउथीको बलमा एलबीडब्लुको धरापमा पर्दै पेभेलियन फर्किए ।  

चार ओभरको सकिँदा गुलाबदीन नैब पाँच र नजिबउल्लाह चार रनमा अविजित छन् ।  

अफगानिस्तानले खराब सुरुवात गर्दा भारतको भने चिन्ता बढेको छ । आज अफगानिस्तान न्युजिल्यान्डसँग पराजित भएको खण्डमा भारतको सेमिफाइनल सपनामा पूर्ण बिराम लाग्नेछ ।

 

@wesportzUniverse Boss Chris Gayle singing and dancing. ##universebossgayle ##chrisgayle ##fyp ##0 ##foryou ##viral ##fypシ ##t20worldcup ##tiktokindia ##tiktok_india

♬ original sound – wesportz.com

Click to comment

Trending