T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : टस जितेर अफगानिस्तान पहिले ब्याटिङ गर्दै,  मुजिब सुरुवाती ११ मा 

Published

on

ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गत समुह चरणको आफ्नो अन्तिम खेलमा अफगानिस्तानले न्युजिल्यान्ड विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । अफगानिस्तानका कप्तान मोहम्मद नाबीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

आजको खेलमा न्युजिल्यान्डले कुनै परिवर्तन गरेको छैन भने यस अघिका दुई खेलमा चोटका कारण मैदान बाहिर रहेका मुजिब उर रहमानले सुरुवाती ११ मा स्थान सुरक्षित गरेका छन् । 

सेमिफाइनलमा स्थान सुरक्षित गर्नका लागि आजको खेल दुबै अफगानिस्तान र न्युजिल्यान्ड गर या मरको अवस्थामा छन् भने यसै खेलले भारतको सेमिफाइनलको यात्रा पनि तय गर्नेछ ।  

अफगानिस्तान र न्युजिल्यान्ड भिड्दा यस समुहबाट सेमिफाइनल पुग्ने दोश्रो टोलीको टुंगो लाग्ने छ । समुह २ बाट पाकिस्तानले यस अघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेकोले यस खेलले न्युजिल्यान्ड, अफगानिस्तान र भारतको भाग्य निर्धारण गर्नेछ ।

आज न्युजिल्यान्डले अफगानिस्तानलाई पराजित गरेको खण्डमा उसले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ भने भारत एक खेल अगावै प्रतियोगिताबाट बाहिरिने छ । अफगानिस्तानले न्युजिल्यान्ड विरुद्ध जित दर्ता गर्न सकेको खण्डमा भारतको भाग्य चम्कने छ र उसले सेमिमा स्थान सुरक्षित गर्नेछ । त्यस्तै आजको खेलमा अफगानिस्तानले न्युजिल्यान्डलाई फराकिलो अन्तरले पराजित गर्न सकेको स्थितिमा उसको पनि सेमिफाइनल खेल्ने सपना जीवितै रहन्छ ।

समुह २ मा समान ४-४ खेल खेल्दा अंक तालिकामा न्युजिल्यान्डको ६ अंक छ भने भारत र अफगानिस्तानको समान ४-४ अंक रहेको छ । न्युजिल्यान्डले जित दर्ता गर्दा उसको आठ अंक हुन्छ र उसले सेमिफाइनलमा सहजै स्थान बनाउने छ । अफगानिस्तानले न्युजिल्यान्डलाई स्तब्ध बनाएको स्थिति र भारत भोलि हुने आफ्नो अन्तिम खेलमा नामिबियालाई फराकिलो अन्तरले पराजित गरेमा उसले सेमिफाइनलमा इंग्ल्यान्डको सामना गर्नेछ ।

आफ्नो पहिलो खेलमा पाकिस्तानसँग आठ विकेटले पराजित भएको न्युजिल्यान्डले आफ्नो दोश्रो खेलमा भारत माथि आठ विकेटको सहज जित हात पारेको थियो । त्यस्तै उसले कम्जोर स्कटल्याण्ड र नामिबियालाई क्रमश १६ र ५२ रनले पराजित गरेको थियो । 

पहिलो खेलमा स्कटल्याण्ड माथि १३० रनको फराकिलो जित दर्ता गराएको अफगानिस्तान पाकिस्तानसँग पाकिस्तानसँग पाँच विकेटको हारको सामना गरेको थियो । त्यस्तै नामिबियालाई ६२ रनले पराजित गरे पनि अफगानिस्तानले भारतसँग ६६ रनको फराकिलो हार व्यहोरेको थियो ।   

न्युजिल्यान्ड र अफगानिस्तान पहिलो पटक ट्वान्टी ट्वान्टीमा एक आपसमा भिड्न लागेका हुन् ।  

@wesportzUniverse Boss Chris Gayle singing and dancing. ##universebossgayle ##chrisgayle ##fyp ##0 ##foryou ##viral ##fypシ ##t20worldcup ##tiktokindia ##tiktok_india♬ original sound – wesportz.com

 

Click to comment

Trending