Headline

लामो समयपछि पिएसजीको जितमा नेमारको दुई गोल

Published

on

आफू फर्मबाट बाहिर नगएको साबित गर्दै ब्राजिलियन स्टार नेमारले दुई गोल गरेपछि पेरिस सेन्ट जर्माईन (पिएसजी) ले फ्रेञ्च लिग वानमा बोर्डोखलाई ३–२ ले पराजित गर्यो ।

नेमारले यो सिजन पिएसजीका लागि जम्मा एक गोल मात्र गरेका थिए जुन सेप्टेम्बरमा पेनाल्टीबाट सम्भव भएको थियो । तर शनिबार उनले ओपन प्लेमै दुई गोल गरेका थिए । दुवैमा असिस्ट अर्का स्टार किलियन एमबाप्पेको रहेको थियो ।

“उनले आज निकै राम्रो खेले । आक्रमक खेलाडीले गोल गर्नु टिमको लागि निकै महत्वपूर्ण कुरा हो,” पिएसजीका प्रशिक्षक मोउरिसियो पोचेटिन्होले भने ।

लियोनल मेस्सी चोटका कारण अनुपस्थित रहेको खेलमा एमबाप्पेले पनि गोल गर्दै सन्तुलित खेलमा दुई स्टारहरुले फरक पारेका थिए ।

२६ औं मिनेटमा एमबाप्पेको पासलाई कलेक्ट गर्दै नेमारले बक्स भित्रबाट दुई डिफेन्डरको बीचबाट सुन्दर प्रहारमा गोल गरे । ४३ औं मिनेटमा एमबाप्पेसँग वान–टु पास खेल्दै वान टचमा लो ड्राइभमार्फत दोश्रो गोल गरे ।

बोर्डोखका डिफेन्डरहरु अगाडी आएको समयमा एमबाप्पेले तेश्रो गोल गरे । ६३ औं मिनेटमा जर्जिन्हो वाइनाल्डमले काउन्टर अट्याकमा अगाडी बढ्दा किपर बेनोट कोस्टिल अगाडी आएपछि नेमारलाई साधारण ट्याप इनका लागि अवसर मिलाएका थिए ।

७४ औं मिनेटमा एल्बर्थ एलिसले बोर्डोखका लागि पहिलो गोल फर्काए । इन्जुरी समयको दोश्रो मिनेटमा एमबाये नियाँगले क्लबको लागि पहिलो गोल गरे तर बराबरीका लागि भने समय निक्लिसकेको थियो ।

पिएसजीले अंक तालिकामा ३४ अंकका साथ अग्रता लिएको छ भने दोश्रो स्थानमा रहेको लेन्सको २४ अअंक छ । निसको २३ र मार्सेलको २२ अंक छ ।

Click to comment

Trending