T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : रबाडाको ह्याट्रिकमा दक्षिण अफ्रिकाको रोमान्चक जित, जितका बाबजुद  सेमिफाइनलको सपना चकनाचुर

Published

on

तीब्र गतिका बलर कागिसो रबाडाले अन्तिम ओभरमा ह्याट्रिक पुरा गर्दा दक्षिण अफ्रिकाले समुह चरणको आफ्नो अन्तिम लिग खेलमा इंग्ल्यान्ड माथि १० रनको रोमान्चक जित हात पार्न सफल भयो । तर जितका बाबजुद  दर्ता गराए पनि दक्षिण अफ्रिकाले सेमिफाइनलमा भने स्थान सुरक्षित गर्न सकेन ।

समुह १ बाट इंग्ल्यान्ड समुह विजेता र अष्ट्रेलिया उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेका छन् ।      

समुह चरणमा समान ४-४ जित दर्ता गराएका इंग्ल्यान्ड, अष्ट्रेलिया र दक्षिण अफ्रिकाको समान ८-८ अंक रहे पनि नेट रन रेटका आधारमा इंग्ल्यान्ड पहिलो, अष्ट्रेलिया दोश्रो र दक्षिण अफ्रिका तेश्रो स्थानमा रहेका छन् ।   

पहिले ब्याटिङ गर्दै  दक्षिण अफ्रिकाले १८९ रनको विशाल योगफल बनाउन सफल भयो । दक्षिण अफ्रिकाले सेमिमा प्रवेश पाउनका लागि इंग्ल्यान्डलाई कम्तीमा पनि १३१ रन भित्र रोक्न पर्ने थियो । तर दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई १३१ रन भित्र रोक्न नसक्दा अष्ट्रेलियाको नेट रन रेटका आधारमा भाग्य चम्किन पुग्यो ।       

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पुरै २० ओभर खेल्दै दुई विकेटको नोक्सानीमा १८९ रनको विशाल योगफल बनाउन सफल भयो भने जबाफी ब्याटिङ गरेको इंग्ल्यान्डले पुरै २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा १७९ रन मात्र जोड्न सक्यो ।

इंग्ल्यान्डको तर्फबाट मोईन अलीले २७ बलमा सर्वाधिक ३७ रन बनाए भने डाविड मलानले ३३, लियाम लिभिङस्टोनले २८ तथा जस बटलरले २६ रन बनाए भने रिटायर्ड हर्ट हुन अघि जेसन रोयलेले २० रनको योगदान दिए । 

दक्षिण अफ्रिकाका तीब्र गतिका बलर रबाडाले सर्वाधिक तीन विकेट लिए भने ड्वेन प्रिटोरियसतबरिज शाम्सीले समान २-२ विकेट हात पारे । त्यस्तै एनरिच नोर्किएले पनि एक विकेट आफ्नो नाममा दर्ता गराए ।  

सुरुवाती तीन ओभरमा विकेट बिहिन रहेका रबाडाले अन्तिम ओभरको पहिलो दोश्रो र तेश्रो बलमा क्रमश क्रिस वोक्स, ओएन मोर्गन र क्रिस जोर्डनको विकेट लिँदै आफ्नो ह्याट्रिक पुरा गरेका हुन् ।        

दक्षिण अफ्रिकाको लागि अविजित रहेका भान डर डुस्सेनले सर्वाधिक ९४ रन बनाए भने मरक्रमले पनि अविजित ५२ रनको योगदान दिए । ११ दशमलब दुई ओभरमा ८६ रनमा दुई विकेट गुमाएको दक्षिण अफ्रिकाको लागि भान डर डुस्सेनमारक्रमले तेश्रो विकेटका लागि आठ दशमलब चार ओभरमा अविजित १०३ रनको साझेदारी गरे । ६० बलको सामना गरेका भान डर डुस्सेन पाँच चौका र छ छक्का तथा २५ बल खेलेका मारक्रमले दुई चौका र चार छक्का प्रहार गरे ।

दक्षिण अफ्रिकाले सुरुवात भने राम्रो गर्न सकेन । ओपनर रेजा हेनड्रिक्स आठ बल खेल्दै दुई रनमा आउट भए पछि क्रिजमा आएका भान डर डुस्सेनले दोश्रो विकेटका लागि अर्का ओपनर क्विनटन डि ककसँग मिलेर ७१ रन जोड्दै दक्षिण अफ्रिकाको पारी सम्हाले । डि कक २७ बलमा ३४ रन जोड्दै पेभेलियन फर्किए ।       

 

@wesportzUniverse Boss Chris Gayle singing and dancing. ##universebossgayle ##chrisgayle ##fyp ##0 ##foryou ##viral ##fypシ ##t20worldcup ##tiktokindia ##tiktok_india♬ original sound – wesportz.com

Click to comment

Trending