T20 World Cup

चम्कियो अष्ट्रेलियाको भाग्य, ट्वान्टी ट्वान्टी विश्वकपको सेमिफाइनलमा 

Published

on

अष्ट्रेलिया युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

इंग्ल्यान्ड र दक्षिण अफ्रिका बीच जारी समुह १ को अन्तिम लिग खेलमा इंग्ल्यान्डले १३१ रनको स्कोर पार गरे पछि अष्ट्रेलियाले सेमिमा स्थान बनाउन सफल भएको हो । अब आजको खेलमा जित दर्ता गराउन सके पनि दक्षिण अफ्रिका पहिलो चरणबाट नै बाहिरिने छ ।

इंग्ल्यान्ड विरुद्धको खेलमा दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै १९० रनको विशाल योगफल तयार पार्यो । उसले सेमिमा स्थान सुरक्षित गर्न इंग्ल्यान्डलाई कम्तीमा पनि १३१ रन भित्र रोक्न पर्ने थियो तर खेल जारी रहँदा १३१ रन कटाएसँगै दक्षिण अफ्रिकाको सेमीफाइनल पुग्ने सपना चकनाचुर हुन पुग्यो ।

समुह १ मा रहेको इंग्ल्यान्ड र अष्ट्रेलियाले समान ४-४ खेल जित हात परेका छन् भने आजको खेलमा जित निकाल्न सकेको खण्डमा दक्षिण अफ्रिकाको पनि समान चार जित हुन्छ । तीन टोलीको चार अंक भएका कारण सेमिमा पुग्ने दुई टोलीको निर्णय नेट रन रेटले गर्नेछ । इंग्ल्यान्डको रन रेट राम्रो भएका कारण उसले सेमिफाइनल पक्का गरिसकेकको छ । त्यसैले अष्ट्रेलिया र दक्षिण अफ्रिका बीच एक टोलीले मात्र सेमिमा स्थान पक्का गर्न सक्ने छन् ।   

@wesportzUniverse Boss Chris Gayle singing and dancing. ##universebossgayle ##chrisgayle ##fyp ##0 ##foryou ##viral ##fypシ ##t20worldcup ##tiktokindia ##tiktok_india♬ original sound – wesportz.com

Click to comment

Trending