T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : दक्षिण अफ्रिकाको विशाल योगफल, सेमिफाइनल पुग्न इंग्ल्यान्डलाई १३१ रनमा रोक्न पर्ने 

Published

on

रस्सी भान डर डुस्सेन र एडेन मारक्रमले आक्रामक पारी खेल्दै अर्धशतक प्रहार गरे पछि युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई १९० रनको विशाल लक्ष्य दिएको छ ।

समुह चरणमा तीन खेल जित हात पारेको दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान सुरक्षित गर्ने हो भने इंग्ल्यान्ड माथि जित हात पारेर मात्र पुग्दैन । उसले इंग्ल्यान्डलाई कम्तीमा पनि १३१ रन भित्र रोक्न पर्ने हुन्छ । दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई १३१ रन भित्र रोक्न सके उसले सेमिफाइनलमा प्रवेस पाउने छ भने त्यस भित्रमा रोक्न सकेन भने अष्ट्रेलियाको भाग्य चम्किने छ । 

समुह १ मा रहेको इंग्ल्यान्ड र अष्ट्रेलियाले समान ४-४ खेल जित हात परेका छन् भने आजको खेलमा जित निकाल्न सकेको खण्डमा दक्षिण अफ्रिकाको पनि समान चार जित हुन्छ । तीन टोलीको चार अंक भएका कारण सेमिमा पुग्ने दुई टोलीको निर्णय नेट रन रेटले गर्नेछ । इंग्ल्यान्डको रन रेट राम्रो भएका कारण उसले सेमिफाइनल पक्का गरिसकेकको छ । त्यसैले अष्ट्रेलिया र दक्षिण अफ्रिका बीच एक टोलीले मात्र सेमिमा स्थान पक्का गर्न सक्ने छन् ।         

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पुरै २० ओभर खेल्दै दुई विकेटको नोक्सानीमा १८९ रनको विशाल योगफल बनाउन सफल भयो ।

दक्षिण अफ्रिकाको लागि अविजित रहेका भान डर डुस्सेनले सर्वाधिक ९४ रन बनाए भने मरक्रमले पनि अविजित ५२ रनको योगदान दिए । ११ दशमलब दुई ओभरमा ८६ रनमा दुई विकेट गुमाएको दक्षिण अफ्रिकाको लागि भान डर डुस्सेन र मारक्रमले तेश्रो विकेटका लागि आठ दशमलब चार ओभरमा अविजित १०३ रनको साझेदारी गरे । ६० बलको सामना गरेका भान डर डुस्सेन पाँच चौका र छ छक्का तथा २५ बल खेलेका मारक्रमले दुई चौका र चार छक्का प्रहार गरे ।

दक्षिण अफ्रिकाले सुरुवात भने राम्रो गर्न सकेन । ओपनर रेजा हेनड्रिक्स आठ बल खेल्दै दुई रनमा आउट भए पछि क्रिजमा आएका भान डर डुस्सेनले दोश्रो विकेटका लागि अर्का ओपनर क्विनटन डि ककसँग मिलेर ७१ रन जोड्दै दक्षिण अफ्रिकाको पारी सम्हाले । डि कक २७ बलमा ३४ रन जोड्दै पेभेलियन फर्किए ।     

@wesportzUniverse Boss Chris Gayle singing and dancing. ##universebossgayle ##chrisgayle ##fyp ##0 ##foryou ##viral ##fypシ ##t20worldcup ##tiktokindia ##tiktok_india♬ original sound – wesportz.com

 

Click to comment

Trending