Headline

म्यानचेस्टर डर्बीः ओल्ड ट्राफोर्डमा युनाइटेड सिटीसँग २–० ले पराजित

Published

on

सिजनको महत्वपूर्ण इंगलिस प्रिमियर लिग खेलमा म्यानचेस्टर युनाइटेड एक पटक फेरि ओल्ड ट्राफोर्डमा पराजित भएको छ ।

यसअघि लिभरपुलसँग घरेलु मैदानमै पराजित भएको युनाइटेड यसपटक म्यानचेस्टर डर्बीमा हार खान पुग्यो । युनाइटेड म्यानचेस्टर सिटीसँग २–० ले पराजित भयो ।

जितपछि सिटी २३ अंक सहित दोश्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको चेल्सीको २५ अंक छ भने लिभरपुलको २२ र वेष्ट ह्याम युनाइटेडको २० अंक छ । पाचौंमा रहेको युनाइटेड र छैटौं स्थानको आर्सनलको समान १७ अंक छ ।

एरिक बेलीको आत्मघाती गोलका कारण युनाइटेड खेलको शुरुवातमै पछि परेको थियो । ४५ औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गरेपछि सिटीले पहिलो हाफमै खेलमा मजबुत पकड बनाएको थियो ।

दोश्रो हाफमा युनाइटेड खेलमा फर्कने प्रयासमा रहेपनि असफल रह्यो । सिटीले पनि केही गोल गर्ने मौकाहरु गुमाएको थियो ।

Click to comment

Trending