Headline

क्लब लेजेण्ड जाभी अब बार्साका नयाँ प्रशिक्षक

Published

on

बार्सिलोनाले क्लब लेजेण्ड तथा पुर्व मिडफिल्डर जाभी हर्नान्डेजलाई नयाँ प्रशिक्षकको रुपमा नियुक्त गर्ने पुष्टि गरेको छ । जाभीलाई स्पेनिस महारथीलाई पुरानै अवस्थामा पुर्याउने चुनौति हुनेछ ।

बार्सिलोनाका लागि किर्तिमानी ७ सय ६७ खेल खेलिसकेपछि जाभाी २०१५ मा कतारी क्लब अल साद गएका थिए । उनले बार्साका लागि ८ स्पेनिस लिग र ४ च्याम्पियन्स लिग उपाधि जितेका थिए ।

“अब घर आउने समय भएको छ । वेलकम जाभी,” बार्साले आफ्नो आधिकारी ट्विटर ह्याण्डलमार्फत लेखेको छ । “त्यो गुडबाइ थिएन, फेरि भेटौला भन्ने थियो,” जाभीले २०१५ मा बार्सा छोड्दाको संग्रहित भिडियो राख्दै लेखेको हो ।

एक बिज्ञप्ति मार्फत बार्सिलोनाले जाभी अब बाँकी रहेको सिजन र अर्को दुई सिजनका लागि बर्खास्त रोनाल्ड कोमनको स्थानमा पहिलो टोलीको प्रशिक्षक रहने बताएको हो । आइतबार बार्सिलोना आइपुग्ने जाभाीलाई क्लबले सोमबार क्याम्प नोउमा प्रशिक्षकको रुपमा सार्वजनिक गर्ने कार्यक्रम राखेको छ ।

मेसिन उपनामले चर्चित जाभीलाई क्लबको सर्वकालिन महान खेलाडीको रुपमा हेरिएको छ भने पेप ग्वार्डियोलाको व्यवस्थापनमा रहेको बार्सा टिममा उनले बिशेष प्रभाव पार्दा उनलाई पहिले नै प्रशिक्षकको रुपमा हेर्न धेरै उत्साहित रहेका थिए ।

२००९ मा तीन वटा उपाधि जितेको बार्सा टिमको टिकी टाका फुटबलमा जाभीको बिशेष स्थान रहेको थियो । अल सादले २०१९ देखि आफूलाई सम्हालेका जाभीलाई बार्सा जानका लागि क्लबसँग सम्झौता भइसकेको बताउदै उनलाई बिशेष बिदाई दिएको थियो ।

Click to comment

Trending