T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : नामिबिया माथि फराकिलो जित निकाल्दै न्युजिल्यान्ड सेमिफाइनल नजिक

Published

on

युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकपको आफ्नो चौथो खेलमा कमजोर नामिबिया माथि ५२ रनको फराकिलो जित निकाल्दै न्युजिल्यान्ड सेमिफाइनल नजिक पुगेको छ । न्युजिल्यान्ड अब सेमिफाइनलबाट एक खेल मात्र टाढा रहेको छ ।

समुह २ मा रहेको न्युजिल्यान्डले आफ्नो अन्तिम लिग खेल अफगानिस्तान विरुद्ध खेल्ने छ । यसै खेलले भारत, न्युजिल्यान्ड र अफगानिस्तानको सेमिफाइनल भविष्य निर्धारण गर्नेछ । न्युजिल्यान्डले अफगानिस्तानलाई पराजित गरेको खण्डमा उसले सेमिमा स्थान पक्का गर्नेछ भने हारको सामना गरेमा तीन टोली मध्य जसको नेट रन रेट राम्रो हुन्छ उसले नै सेमिफाइनल खेल्ने छ ।          

खेलमा टस हारेर पहिले ब्याटिंङ गरेको न्युजिल्यान्डले २० ओभरमा चार विकेट गुमाएर १६३ रन बनायो भने जबाफी ब्याटिङ गरेको नामिबियाले पुरै २० ओभर खेल्दै सात विकेट गुमाएर १११ रन मात्र जोड्न सक्यो । 

पहिलो विकेटका लागि ओपनरद्वय स्टेफन बार्ड र माइकल भान  लिङ्गेनले ४७ रन जोड्दै राम्रो सुरुवात दिए पनि त्यस पछि नामिबिया सम्हालिन नसक्दा फराकिलो हारको सामना गर्न पुग्यो । बार्डलिङ्गेन क्रमश २१ र २५ रनको पारी खेले भने विकेट किपर जोन ग्रिनले २३ रनको योगदान दिए ।     

न्युजिल्यान्डको जितमा किफायती बलिङ गरेका टिम साउथीट्रेन्ट बोल्टले चार ओभरमा क्रमश १५ र २० रन खर्चिएर समान २-२ विकेट हात पारे भने जिमी निशम, मिचेल स्यान्टनर र इश सोढ़ीले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।  

मध्यम सुरुवात गरे पनि न्युजिल्यान्डको तर्फबाट ग्लेन फिलिप्स र जिमी निशमले पाँचौं विकेटका लागि ३६ बलमा अविजित ७६ रन जोड्दै विशाल योगफल सम्म पुर्याए । अविजित रहेका उनीहरूले क्रमश २१ बलमा ३९ तथा २३ बलमा ३५ रनको पारी खेले । न्युजिल्यान्डको तर्फबाट सर्वाधिक रन बनाएका फिलिप्सले तीन छक्का र एक चौका तथा निशमले दुई छक्का र एक चौका प्रहार गरे ।

त्यस बाहेक कप्तान केन विलियमसन २८, ओपनरद्वय ड्यारे मिचेल र मार्टिन गुप्टिल क्रमश १९ र १८ तथा डेवन कन्वे १७ रन जोड्दै पेभेलियन फर्किए ।      

नामिबियाका बर्नार्ड स्कोल्ट्ज, डेविड विसा र एरार्ड इरास्मसले समान १-१ विकेट हात पारे । 

 

 

Click to comment

Trending