T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : फराकिलो जित निकाल्न पर्ने दबाबमा भारतले स्कटल्याण्डको सामना गर्दै 

Published

on

युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकपको सेमिफाइनल पुग्ने आशा जीवितै राख्नका लागि फराकिलो जित निकाल्न पर्ने दबाबमा भारतले स्कटल्याण्डको सामना गर्दैछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने खेल नेपाली समय अनुसार ७:४५ बजे सुरु हुनेछ ।

आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले र दोश्रो खेलमा न्युजिल्यान्डसँग आठ विकेटले पराजित भएको भारतको सेमिफाइनलमा पुग्ने आशा लगभग समाप्त भइसकेको भए पनि गणितीय सम्भावना बाँकी नै रहेको छ । भारतलाई सेमिफाइनलको ढोका खुल्नका लागि समुह चरणका आफ्नो बाँकी दुई खेल जितेर मात्र अफगानिस्तान र नामिबिया मध्य एकले न्युजिल्यान्डलाई पराजित गर्न पर्ने हुन्छ ।  

त्यसका लागि अफगानिस्तान माथि ६६ रनको फराकिलो जित हात पारेको भारतले सेमिफाइनलमा स्थान बनाउने हो भने अबका दुई खेलमा स्कटल्याण्ड र नामिबिया माथि फराकिलो जित निकाल्न पर्ने हुन्छ । त्यसैले भारतलाई आजको खेलमा स्कटल्याण्डलाई फराकिलो अन्तरले पराजित गर्न पर्ने दबाब पनि रहेको छ । यदि अफगानिस्तान र नामिबिया मध्य एकले मात्र न्युजिल्यान्डलाई पराजित गरेको खण्डमा भारत, अफगानिस्तान र न्युजिल्यान्डको समान ६-६ अंक हुन्छ र त्यस समयमा नेट रन रेटले एउटा टोलीको भाग्य चम्काउँछ । आफ्नो सम्भावना जीवितै राख्नका लागि पनि भारतले ठुलो अन्तरको जित निकाल्न पर्ने हुन्छ । 

समुह २ बाट आफूले खेलेका चार खेलमा नै जित निकाल्दै पाकिस्तानले सेमिफाइनलको यात्रा तय गरिसकेको छ । त्यसैले पनि भारत, न्युजिल्यान्ड र अफगानिस्तानलाई सेमी पुग्नका लागि कम्तिमा पनि तीन जित आवश्यक रहन्छ ।   

ट्वान्टी ट्वान्टीमा यस अघि भारत र स्कटल्याण्ड एक पटक आमुन्ने सामुन्ने भए पनि उक्त खेल रद्द हुन पुगेको थियो । सन् २००७ मा आयोजना भएको पहिलो ट्वान्टी ट्वान्टी विश्वकपमा दुई देश बीचको खेलमा वर्षा बाधक बन्दा दुवैले अंक बढ्न बाध्य भएका थिए ।  

@wesportzMatch fixing between India and Afghanistan??? ##indiancricket ##bcci_india ##tiktok_india ##fyp ##viral ##viral ##foryou ##fypシ ##0 ##indiavsafghanistan ##matchfixing

♬ futkera gayo umer – Milan_photograph

 

Click to comment

Trending