T20 World Cup

भारतले सेमिफाइनलमा स्थान बनाउन सक्दैन : विरेन्द्र सहवाग 

Published

on

भारतीय क्रिकेट टोलीका पूर्व ओपनर तथा विस्फोटक ब्याटर विरेन्द्र सहवागले बिराट कोहलीको कप्तानीमा रहेको भारतले युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकपको सेमिफाइनलमा स्थान बनाउन नसक्ने धारणा व्यक्त गरेका छन् ।

आफ्नो सामाजिक सञ्जालमा समर्थकहरूसँगको भिडियो अन्तरक्रियाका क्रममा सहवागले पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको भारतले आफ्नो दोश्रो खेलमा न्युजिल्यान्डसँग पराजित हुने बित्तिकै सेमिफाइनल यात्रा अन्त्य भएको धारणा राखे ।

आफ्नो पहिलो खेलमा नै पाकिस्तानसँग पराजित भए पनि भारतले विश्वकप जित्न सक्ने सहवागले एउटा समर्थकको प्रश्नमा उत्तर दिँदै भनेका थिए । तर दोश्रो खेलमा पनि हारको सामना गर्दा अब पहिलो चरणबाट नै बाहिरिने सङ्घारमा रहेको जनाए ।

भारतले आफ्नो तेश्रो खेलमा अफगानिस्तान माथि ६६ रनको फराकिलो जित निकालेको थियो भने अब उसले कमजोर स्कटल्याण्ड र नामिबियाको सामना गर्नेछ ।  

“भारतले पाकिस्तान र न्युजिल्याण्डसँग निकै खराब खेल खेल्यो । खेलाडीहरूको बडी ल्यांङवेज नै राम्रो थिएन,” सहवागले भने । “भारतले जुन किसिमको खेल अफगानिस्तानसँग खेल्यो त्यस किसिमको खेल अघिल्ला दुई खेलमा खेल्न सकेन । पहिलो दुई खेलमा भारत केहि डराएर खेले जस्तो देखिन्थ्यो भने अफगानिस्तानसँग आफ्नो स्वभाविक खेल खेल्यो ।”

भारतले सेमिफाइनलमा स्थान बनाउने हो भने अबका दुई खेलमा स्कटल्याण्ड र नामिबिया माथि फराकिलो जित मात्र निकालेर पुग्दैन । अफगानिस्तानले न्युजिल्यान्डलाई झिनो अन्तरले पराजित गरेको खण्डमा मात्र भारतको भाग्य चम्किन्छ र उसले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ ।

सहवागले न्युजिल्यान्ड निकै बलियो टोली रहेका र अफगानिस्तानलाई सहजै पराजित गर्ने अनुमान गरे । तर उनले आफूले अफगानिस्तानले न्युजिल्यान्डलाई पराजित गरोस् ता कि भारतले सेमिमा स्थान बनाउन सकोस् भन्ने चाहेको पनि बताए ।

सहवागले भारत सेमिफाइनल पुग्न सकेको खण्डमा भने उसलाई दोश्रो पटक ट्वान्टी ट्वान्टी विश्वकपको उपाधि चुम्नका लागि कुनै पनि टोलीले रोक्न नसक्ने पनि दाबी गरे ।

@wesportzMatch fixing between India and Afghanistan??? ##indiancricket ##bcci_india ##tiktok_india ##fyp ##viral ##viral ##foryou ##fypシ ##0 ##indiavsafghanistan ##matchfixing♬ futkera gayo umer – Milan_photograph

Click to comment

Trending