T20 World Cup

ब्राभोले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा 

Published

on

वेस्ट इन्डिजका अलराउण्डर ड्वेन ब्राभोले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । 

डिफेन्डिङ च्याम्पियन वेस्ट इन्डिज युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकपको पहिलो चरणबाट नै बाहिरिए पछि ब्राभोले सन्यासको घोषणा गरेका हुन् । उनले  भोलि हुने अष्ट्रेलिया विरुद्धको खेल वेस्ट इन्डिजको जर्सीमा अन्तिम हुने जनाएका छन् । 

यस अघि पनि सन्यासको घोषणा गरेका ३८ वर्षीय ब्राभोले सन् २०१९ मा सन्यास फिर्ता लिएका थिए । उनले ट्वान्टी ट्वान्टी विश्वकपमा वेस्ट इन्डिजलाई उपाधि दिलाउने लक्ष्य राख्दै सन्यासको घोषणा फिर्ता लिएको बताएका थिए ।

सन् २००७ मा पहिलो पटक आयोजना भएको ट्वान्टी ट्वान्टी विश्वकप देखि जारी विश्वकप गरि सबैमा खेलेका उनी वेस्ट इन्डिजले सन् २०१२ र सन् २०१६ मा उपाधि चुम्दा मुख्य सदस्य थिए । ट्वान्टी ट्वान्टीमा वेस्ट इन्डिजको लागि ९० खेल खेलेका उनले एकदिवसीय र टेस्टमा क्रमश १६४ र ४० खेल खेलेका छन् । उनले वेस्ट इन्डिजको तर्फबाट खेल्दै ६ हजार भन्दा बढी रन बनाउनुको साथै ३५० भन्दा बढी विकेट आफ्नो नाममा लेखाएका छन् । 

@wesportzMatch fixing between India and Afghanistan??? ##indiancricket ##bcci_india ##tiktok_india ##fyp ##viral ##viral ##foryou ##fypシ ##0 ##indiavsafghanistan ##matchfixing♬ futkera gayo umer – Milan_photograph

“मेरो बिचारमा अब समय आएको छ,” ब्राभोले भने । “वेस्ट इन्डिजको लागि १८ वर्ष खेल्नु मेरो लागि ठुलो सौभाग्यको कुरा थियो । यस समयमा मेरो खेल जीवन पनि राम्रो तथा केही उतार चढाब पनि रह्यो । यती लामो समय क्यारेबियनको प्रतिनिधित्व गर्न पाउनु ठुलो कुरा हो । ”    

समुह चरणमा चार खेल खेलेको वेस्ट इन्डिजले तीन खेलमा हारको सामना गर्दा सेमिफाइनल यात्रा समाप्त भएको छ । अब उसले समुह चरणको आफ्नो अन्तिम खेलमा अष्ट्रेलियाको सामना गर्नेछ ।  

“यो विश्वकप पक्कै पनि हामीले सोचेको जस्तो रहेन । यो विश्वकप खेलाडीका रुपमा पनि राम्रो रहन सकेन । खराब प्रदर्शन रहे पनि यसमा हामी निरास हुनु पर्ने केही देख्दिन । यस प्रतियोगितामा सबै टोली उत्तिकै बलिया छन् । अब यसमा भएको कमी कमजोरीलाई सच्चाइ अर्को वर्ष अष्ट्रेलियामा हुने ट्वान्टी ट्वान्टी विश्वकपको लक्ष्य राख्न पर्दछ ।”

 

Click to comment

Trending