Headline

साफ अण्डर १९ महिला च्याम्पियनसिपः नेपालको पहिलो खेल बंगलादेशसँग

Published

on

ढाकामा अर्को डिसेम्बर ११ देखि शुरु हुन गइरहेको साफ अण्डर-१९ महिला च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेल आयोजक राष्ट्रबिरुद्ध खेल्ने भएको छ ।

साफ च्याम्पियनसिपमा नेपाल र बंगलादेशसहित भारत, श्रीलंका र भुटानको सहभागिता रहने छ । पाकिस्तान अन्तर्राष्ट्रिय निलम्बनमा रहेको छ भने माल्दिभ्सले सहभागिता नजनाउने भएको हो ।

बंगलादेशबिरुद्ध डिसेम्बर ११ मा आफ्नो पहिलो खेल खेल्ने नेपालले चार दिनपछि श्रीलंकाबिरुद्ध खेल्नेछ । भुटानसँग नेपालले डिसेम्बर १७ मा खेल्नेछ भने भारतसँग डिसेम्बर १९ मा भिड्नेछ ।

एक चरणको राउण्ड रोबिन लिगपछि शिर्ष स्थानमा रहने दुई टोली डिसेम्बर २२ मा फाइनलमा खेल्नेछ ।

दोश्रो संस्करणमा रहेको प्रतियोगिताको डिफेन्डिङ्ग च्याम्पियन बंगलादेश हो ।

Click to comment

Trending