अन्तर्राष्ट्रिय

पाकिस्तानी क्रिकेटलाई वेष्ट इण्डिजको मल्हम

Published

on

कुनै पनि क्रिकेट टोलीले पाकिस्तानको भ्रमण गर्न खोज्दैनन् । पाकिस्तानमा आतङ्कवादीहरू धेरै रहेको र सुरक्षाको दृष्टिकोणले पनि पाकिस्तानको भ्रमण गर्नु उचित नहुने धेरै टोलीको विश्वास रहेको छ ।

युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकप अघि सेप्टेम्बरमा न्युजिल्यान्डले पाकिस्तानको भ्रमण गरेको थियो । तर पहिलो खेल सुरु हुनु केहि घण्टा अघि मात्र सुरक्षाको कारण देखाउँदै न्युजिल्यान्डले उक्त शृंखला नखेली आफ्नो देश फर्कियो । 

न्युजिल्यान्डले भ्रमण रद्द गरे पछि इंग्ल्यान्डले पनि पाकिस्तान भ्रमण नगर्ने जनायो र शृंखला हुन सकेन । इंग्ल्यान्ड उक्त समयमा हालत राम्रो नभएको भए पनि सन् २०२२ मा पाकिस्तानको भ्रमण गर्ने प्रतिबद्धता जनाएको छ ।   

तर यसै बीच वेस्ट इन्डिजले भने पाकिस्तानको भ्रमण गर्ने भएको छ । वेस्ट इन्डिजले पाकिस्तान भ्रमणका क्रममा समान ३-३ एकदिवसीय र ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलको शृंखला खेल्ने छ । एकदिवसीय खेल भने सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप छनोट अन्तर्गतको वर्ल्ड सुपर लिग अन्तर्गतको रहेको छ ।      

वेस्ट इन्डिजले पाकिस्तान भ्रमणका क्रममा डिसेम्बर १३, १४ र १६ मा ट्वान्टी ट्वान्टी तथा डिसेम्बर १८, २० र २२ मा एकदिवसीय खेल खेल्ने छ । सबै खेल कराँचीमा नै आयोजना हुने पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ ।  

वेस्ट इन्डिजले यस अघि सन् २०१८ मा पनि तीन ट्वान्टी ट्वान्टी खेलको शृंखलाका लागि पाकिस्तानको भ्रमण गरेको थियो । तर उक्त समयमा धेरै नाम चलेका र सिनियल खेलाडीहरुले भने सुरक्षाको कारण देखाउँदै आफ्नो नाम फिर्ता लिएका थिए । यस पटक वेस्ट इन्डिजको मुख्य टोलीले नै पाकिस्तानको भ्रमण गर्ने आशामा रहेका छन् पाकिस्तान क्रिकेट बोर्डका नवनियुक्त अध्यक्ष रमिज राजा ।    

वेस्ट इन्डिजको भ्रमण पछि अष्ट्रेलियाले पनि पाकिस्तानको भ्रमण गर्ने प्रतिबद्धता जनाएको राजाले बताएका छन् । अष्ट्रेलियाले सन् १९९९ देखि अहिले सम्म पाकिस्तानको भ्रमण गरेको छैन ।  

@wesportzMatch fixing between India and Afghanistan??? ##indiancricket ##bcci_india ##tiktok_india ##fyp ##viral ##viral ##foryou ##fypシ ##0 ##indiavsafghanistan ##matchfixing♬ futkera gayo umer – Milan_photograph

Click to comment

Trending