T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : डिफेन्डिङ च्याम्पियन पहिलो चरणबाट नै बाहिर   

Published

on

डिफेन्डिङ च्याम्पियन वेस्ट इन्डिज युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकपको पहिलो चरणबाट नै बाहिरिएको छ । आबु धाबीमा आज भएको श्रीलंकासँगको खेलमा २० रनको हारको सामना गर्दा सन् २०१६ मा आयोजना भएको ट्वान्टी ट्वान्टी विश्वकप विजेता टोली वेस्ट इन्डिज समुह चरणबाट नै बाहिरिन पुगेको हो । 

चौथो खेलमा वेस्ट इन्डिजको यो तेश्रो हार हो । समुह १ मा रहेको वेस्ट इन्डिजले समुह चरणको आफ्नो अन्तिम लिग खेल शनिबार अष्ट्रेलियासँग खेल्ने छ ।     

यस समुहबाट इंग्ल्यान्डले सेमिफाइनलमा स्थान बनाइसकेको छ भने वेस्ट इन्डिजसँगै श्रीलंका र बंगलादेश पनि समुह चरणबाट नै बाहिरी सकेका छन् । समुह १ बाट सेमिफाइनलमा पुग्ने दोश्रो टोलीमा अष्ट्रेलिया र दक्षिण अफ्रिकाको उतिकै सम्भावना रहेको छ ।    

चरिथ असलंका र पथुम निसंकाले अर्धशतक प्रहार गर्दा खेलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा तीन विकेट गुमाएर १८९ रनको विशाल योगफल बनायो भने शिम्रन हेटमायरले ५४ बलमा आक्रामक ८१ रनको पारी खेले पनि जबाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले पुरै २० ओभरमा आठ विकेट गुमाएर १६९ रन मात्र बनाउन सक्यो ।  

यस अघि नै प्रतियोगिताबाट बाहिरी सकेको श्रीलंकाले आफ्नो अन्तिम खेलमा राम्रो  सुरुवात गर्यो । उसका लागि ओपनरद्वय कुशल परेरा र निसंकाले पाँच दशमलब दुई ओभरमा पहिलो विकेटका लागि आक्रामक ४२ रन जोडे । विकेट किपर ब्याट्सम्यान परेरा २१ बलमा २९ रन बनाए पछि आन्द्रे रसेलको बलमा कट एण्ड बोल्ड भए ।

परेराको विकेटको पतन पछि तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका असलंका र निसंकाले श्रीलंकाको पारीलाई अघि बढाए । उनीहरुले दोश्रो विकेटका लागि १० दशमलब एक ओभरमा ९१ रन जोडे । 

४१ बलमा ५१ रन जोडेका निसंका पेभेलियन फर्किए पनि असलंकाले ४१ बलमा ६८ रन जोड्दै श्रीलंकालाई विशाल योगफल तर्फ पुर्याउन सफल भए । असलंकासँग १९ बलमा ४६ रनको साझेदारी गरेका कप्तान दासुन शनाका १४ बल खेल्दै २५ रनमा अविजित रहे ।

आन्द्रे रसेलले सर्वाधिक दुई तथा ड्वेन ब्राभोले एक विकेट हात पारे भने वेस्ट इन्डिजका अन्य पाँच जना बलर विकेट बिहिन रहन पुगे ।       

वेस्ट इन्डिजको तर्फबाट सर्वाधिक रन बनाएका शिम्रन हेटमायरले ५४ बलमा आठ चौका र चार छक्काको मद्धतमा अविजित ८१ तथा विकेट किपर ब्याटर निकोलस पुरनले ३४ बलमा ४६ रन बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

श्रीलंकाको जितमा बलिङमा वानिन्दु हसरंगा, बिनुरा फर्नान्डो र चमिका करुणारत्नेले समान २-२ विकेट लिए भने दासुन शनका र दुश्मन्था चमिराले पनि समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।  

@wesportzMatch fixing between India and Afghanistan??? ##indiancricket ##bcci_india ##tiktok_india ##fyp ##viral ##viral ##foryou ##fypシ ##0 ##indiavsafghanistan ##matchfixing

♬ futkera gayo umer – Milan_photograph

Click to comment

Trending