T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : जम्पाको घातक बलिङमा अष्ट्रेलियाको सहज जित, ग्रुप १ मा सेमिफाइनल समीकरण रोमान्चक बन्दै  

Published

on

लेग स्पिनर एडम जाम्पाले घातक बलिङ गर्दै पाँच विकेट तथा कप्तान आरोन फिन्चले आक्रामक पारी खेल्दा अष्ट्रेलियाले बंगलादेश माथि आठ विकेटको सहज जित हात पारेको छ ।  

अष्ट्रेलियाको जितसँगै समुह १ मा सेमिफाइनल समीकरण रोमान्चक बनेको छ । समान ४-४ खेल सकिँदा इंग्ल्यान्डले चार वटै खेलमा जित निकाल्दै सेमिफाइनलमा प्रवेश पाइसकेको छ भने अष्ट्रेलिया र दक्षिण अफ्रिका मध्य एक टोलीले सेमिमा स्थान बनाउन सक्ने छ । दुबै टोलीले तीन जित र एक हारको सामना गरेका छन् भने १-१ खेल खेल्न बाँकी रहेको छ । 

अष्ट्रेलियाको वेस्ट इन्डिजसँग र दक्षिण अफ्रिकाको इंग्ल्यान्डसँग अन्तिम खेल बाँकी रहेको छ । दुई मध्य जुन टोलीले उक्त खेलमा जित हात पार्छ उसले सेमिमा स्थान बनाउने छ र हार्ने टोली पहिलो चरणबाट नै बाहिरिने छ । अष्ट्रेलिया र दक्षिण अफ्रिका दुवैले आफ्नो अन्तिम लिग खेलमा जित दर्ता गराएको खण्डमा अथवा हारको सामना गरेको अवस्थामा नेट रनले उनीहरुको भाग्य निर्धारण गर्नेछ ।  

जाम्पाले चार ओभरमा १९ रन खर्चिएर पाँच विकेट लिए पछि बंगलादेशले १४ दशमलब छ ओभरमा आफ्ना सबै विकेट गुमाएर ७३ रन मात्र बनाउन सक्यो भने कप्तान आरोन फिन्चले २० बलमा चार छक्का र दुई चौकाको मद्दतमा ४० रन जोड्दा अष्ट्रेलियाले मात्र छ दशमलब दुई ओभरमा दुई विकेट गुमाएर लक्ष्य पार गर्यो ।

अष्ट्रेलियाको जितमा बलिङ तर्फ जाम्पा बाहेक मिचेल स्टार्क र जश हेजलउडले पनि समान २-२ विकेट लिए । त्यस्तै ब्याटिङमा डेविड वार्नरले १८ तथा मिचेल मार्शले पाँच बलमा अविजित १६ रनको पारी खेले ।

बंगलादेशका शमिम होसैनले १९, मोहम्मद नैमले १७ तथा कप्तान महमदउल्लाहले १६ रन बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । उसका चार जना ब्याटरले त रनको खाता सम्म पनि खोल्न भ्याएनन् ।     

@wesportzMatch fixing between India and Afghanistan??? ##indiancricket ##bcci_india ##tiktok_india ##fyp ##viral ##viral ##foryou ##fypシ ##0 ##indiavsafghanistan ##matchfixing♬ futkera gayo umer – Milan_photograph

 

Click to comment

Trending