T20 World Cup

भारत–अफगानिस्तान म्याच फिक्स भएको भन्दै पाकिस्तानी समर्थकरुले लेखे ‘वेल पेड इण्डिया’

Published

on

युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकपमा भारतले पहिलो जित हात पार्यो । हिजो राती सम्पन्न खेलमा भारत अफगानिस्तानसँग पराजित भएको खण्डमा विश्वकपबाट बाहिरिने निश्चित थियो । तर भारतले अफगानिस्तान माथि ६६ रनको फराकिलो जित दर्ता गरायो र आफ्नो नेट रन रेट पनि माइनसबाट प्लसमा लाग्न सफल भयो ।

भारतले अफगानिस्तान माथि जित निकाल्दैमा सेमिफाइनलमा स्थान बनाउने पक्का छैन । भारतको सेमीफाइनलको भविष्य अफगानिस्तान र न्युजिल्यान्ड बीच आइतबार हुने खेलले निर्धारण गर्नेछ ।

भारतले अफगानिस्तान माथि सानदार जित हात पारे पछि धेरैले अफगानिस्तानले भारतसँगको खेलमा म्याच फिक्सिङ् गरेको चर्चा सुरु भएको छ । यस्तो चर्चा सुरु गर्नेमा पाकिस्तानका समर्थकहरु नै रहेका छन् ।

यसले ठुलो रूप तब लियो जब पाकिस्तानका एक समर्थकले अफगानिस्तान क्रिकेट बोर्डले आफ्नो ट्विटरमा ‘वेल पेड इण्डिया’ भन्दै लेखेको भन्दै स्क्रिन सट सार्वजनिक गरे । त्यस पछि यस विषय आगो जसरी सल्कियो ।

त्यस्तै एक समर्थकले अफगानिस्तानका फिल्डरले चौका बचाउने प्रयासमा उल्टै बललाई बाउन्ड्रीको दिशा दिएको, यसका लागि भारत जिम्मेवार रहेको भन्दै रिस पोखेकी छिन् । उनले आफ्नो ट्विटरमा लेखेकी छिन्, “जुन देशले आफ्नो हरेक खेलमा तन र मन दिएर खेल्छ त्यस देशले यती ठुलो खेलमा अन्य टोलीलाई जित्न दिन्छ । यो निकै दुखद कुरा हो । भारतले क्रिकेटको भावना विपरीतको काम गर्यो जुन निकै घृणित छ ।”

अर्को एउटा समर्थकले आईपीएलका लागि नै अफगानिस्तानका खेलाडीहरुले जानी जानी खेल हारेको आरोप लगाएका छन् भने अर्काले कोठा भरि डलरको फोटो राख्दै अफगानिस्तान क्रिकेटको ड्रेसिङ रुम भन्दै क्याप्सन राखेका छन् ।

एक जना समर्थकले आफ्नै देशका खेलाडीहरुको नाम जोड्दै मिम राखेका छन् । म्याच फिक्सिङको आरोपमा यस अघि प्रतिबन्ध खेपेका मोहम्मद आमिर, मोहम्मद असिफ र सलमान बटले अफगानिस्तान खेलाडीहरुलाई फिक्सिङ् गर्ने तरिका भएन भनेर भनेको भन्दै फोटो राखेका छन् ।

@wesportzMatch fixing between India and Afghanistan??? ##indiancricket ##bcci_india ##tiktok_india ##fyp ##viral ##viral ##foryou ##fypシ ##0 ##indiavsafghanistan ##matchfixing

♬ futkera gayo umer – Milan_photograph

 

Click to comment

Trending