Headline

च्याम्पियन्स लिगः एट्लेटिकोमाथि सहज जितपछि लिभरपुल अन्तिम १६ मा

Published

on

१० खेलाडीमा सिमित एट्लेटिको म्याड्रिडलाई २–० ले पराजित गर्दै लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।

ट्रेन्ट एलेक्जेण्डर–आर्नोल्डले दुवै गोलमा असिस्ट गरेपछि प्राप्त सहज जितमा लिभरपुलले समुह बी मा शिर्ष स्थान लिने पक्का पनि भएको छ । डियोगो जोटा र सादियो मानेले २५ मिनेट भित्रै लिभरपुलको दुवै गोल गरेका थिए । पहिलो चार वटै खेल जितेको लिभरपुलको १२ अंक छ भने दुई चरणको खेल बाकी रहदा एफसी पोर्टो (५) दोश्रो र एट्लेटिको (४) तेश्रो स्थानमा छ । पोर्टोले बुधबार नै भएको खेलमा एसि मिलानसँग १–१ गोलको बराबरी खेल्यो ।

३६ औं मिनेटमा फेलिपेलाई रेड कार्डका कारण गुमाएको एट्लेटिकोबिरुद्ध लिभरपुलले गोलको बर्षा नै गर्ने थियो तर उसले पर्याप्त मौकाहरु गुमाएको थियो । जोटाको गोललाई भिडियो असिस्टेन्ट रेफ्रिले अमान्य घोषणा गरेका थिए ।

स्ट्राइकर लुइस सुवारेजको गोललाई पनि भारले अमान्य बताए पछि एट्लेटिकोले एन्फिल्डमा कुनै पनि समय लिभरपुललाई दवाबमा राख्न सकेन । जितले लिभरपुलको अपराजित यात्रालाई यो सिजन १६ खेलसम्म लम्ब्याएको छ ।

गत अप्रिल ६ मा रियल म्याड्रिडसँग च्याम्पियन्स लिग क्वार्टर–फाइनलमा पराजित भएयता लिभरपुलले एक खेल पनि हारेको छैन । यस क्रममा २०२० को प्रिमियर लिग च्याम्पियन लगातार २५ खेलमा अपराजित रहेको छ ।

एट्लेटिको र लिभरपुलबीचको पहिलो लेग निकै सनसनीपूर्ण रहेपनि बुधबार शुरुवात देखि नै एन्फिल्डमा घरेलु टोलीले नियन्त्रण बनाएको थियो । १३ औं मिनेटमा एलेक्जेण्डर–आर्नोल्डको क्रसमा जोटाले पोस्ट नजिकैबाट हेडरमा गोल गरे । त्यसको ८ मिनेटपछि नै एलेक्जेण्डर–आर्नोल्डको प्रहारमा शतर्कता देखाउदै मानेले गोल गर्दै लिभरपुलको स्थितिलाई मजबुत बनाएका थिए ।

Click to comment

Trending