T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : भारतको पहिलो जित, अफगानिस्तान ६६ रनले पराजित  

Published

on

ओपनरद्वय केएल राहुल र रोहित शर्माले आक्रामक पारी तथा रविचन्द्रन अश्विनको किफायती बलिङमा भारतले युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकपमा पहिलो जित हात पारेको छ । पाकिस्तानसँग १० विकेटले तथा न्युजिल्यान्डसँग आठ विकेटले पराजित भएको भारतले अफगानिस्तान माथि ६६ रनको फराकिलो जित दर्ता गराउन सफल भएको हो । जितसँगै भारतले अंक तालिकामा पहिलो अंक पनि दर्ता गराउन सफल भयो ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा दुई विकेट गुमाएर २१० रनको विशाल योगफल खडा गर्यो भने जबाफी ब्याटिङ गरेको अफगानिस्तानले पुरै २० ओभर खेल्दै सात विकेट गुमाएर १४४ रन मात्र जोड्न सक्यो ।

भारतको जितमा बलिङ तर्फ मोहम्मद शामीले सर्वाधिक तीन विकेट लिए भने यस विश्वकपमा आफ्नो पहिलो खेल खेलेका रविचन्द्रन अश्विनले किफायती बलिङ गर्दै चार ओभरमा मात्र १४ रन खर्चिएर दुई विकेट हात पारे । त्यस्तै जस्प्रित बुम्रा र जविन्द्र जडेजाले पनि समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए । 

अफगानिस्तानको तर्फबाट सर्वाधिक रन जोडेका करिम जन्नतले २२ बलमा अविजित ४२ रनको पारी खेले भने कप्तान मोहम्मद नाबीले ३२ बलमा ३५ रनको योगदान दिए । त्यस बाहेक बाँकी ब्याटरहरुले उल्लेख्य योगदान दिन नसक्दा अफगानिस्तानले फराकिलो हारको सामना गर्न पुग्यो ।

अफगानिस्तानका ओपनर मोहम्मद शहजाद शुन्य रनमा आउट भए भने अर्का ओपनर हजरतउल्लाह जजाई १३, रहमानउल्लाह गुरबाज १९, गुलाबदीन नैब १८, नजिबउल्लाह जद्रान ११, रशिद खान गोल्डेन डकआउट भए ।   

भारतका ओपनरद्वय शर्मा र राहुलले पहिलो विकेटको लागि १४ दशमलब चार ओभरमा १४० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । भारतको तर्फबाट सर्वाधिक रन बनाएका रोहितले ४७ बलमा आठ चौका र तीन छक्काको मद्दतमा सर्वाधिक ७४ रन बनाए भने राहुलले ४८ बलमा छ चौका र दुई छक्का सहित ६९ रनको पारी खेले ।

त्यस बाहेक समान १३-१३ बलको सामना गरेका ऋषभ पन्त र हार्दिक पान्ड्याले  अविजित रहँदै क्रमश २७ र ३५ रनको योगदान दिए ।

अफगानिस्तानका करिम जन्नतले आफ्नो पहिलो ओभरमा नै रोहितलाई आफ्नो शिकार बनाए भने गुलाबदीन नैबले राहुलको विकेट लिए ।        

यस समुहबाट पाकिस्तानले लगातार चार खेल जित्दै सेमिफाइनलमा स्थान बनाएका कारण भारत, न्युजिल्याण्ड र अफगानिस्तान मध्य एक टोलीले मात्र सेमीमा स्थान बनाउन सक्ने छन् । आजको खेलमा जित हात पार्दै भारतले सेमिफाइनलको सम्भावना जीवितै राख्न सफल भएको छ भने पराजित हुँदा सेमिफाइनल खेल्ने अफगानिस्तानको सपनामा धक्का लाग्न पुगेको छ । 

@wesportzRahul Dravid has been appointed the Head Coach of Team India (Senior Men). The former India captain will take charge from the upcoming home series against New Zealand: BCCI ##tiktok_india ##rahuldravid ##bcci_india ##indiancricket ##dravidthewall♬ original sound – A?K

Click to comment

Trending