T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : गुप्टिलको सानदार अर्धशतकमा न्युजिल्यान्डको लगातार दोश्रो जित

Published

on

स्कटल्याण्ड माथि १६ रनको जित दर्ता गर्दै न्युजिल्यान्डले सेमिफाइनलको आफ्नो यात्रा जीवितै राख्न सफल भएको छ ।  

तेश्रो खेलमा न्युजिल्यान्डको यो दोश्रो जित हो । पहिलो खेलमा पाकिस्तानसँग पाँच विकेटको हारको सामना गरेको न्युजिल्यान्डले आफ्नो दोश्रो खेलमा भारत माथि आठ विकेटको सानदार जित दर्ता गराएको थियो ।   

खराब सुरुवात गरेको न्युजिल्यान्डले शतक गुमाएका ओपनर मार्टिन गुप्टिलले आक्रामक पारी खेल्दै ५६ बलमा छ चौका र सात छक्कामा सर्वाधिक ९३ रन बनाए । 

अर्का ओपनर ड्यारल मिचेल १३, कप्तान केन विलियमसन चार बल खेल्दै शुन्य तथा डेवन कन्वे एक रनमा आउट भए । सुरुवात खराब गरे पनि गुप्टिलले चौथों विकेटका लागि ग्लेन फिलिप्स (३७ बलमा ३३ रन) सँग १०५ रनको साझेदारी गर्दै न्युजिल्यान्डको पारी सम्हाले । 

१९ औ ओभरको तेश्रो बलमा गुप्टिल आउट भए पनि न्युजिल्यान्डले पुरै २० ओभर खेल्दै पाँच विकेट गुमाएर १७२ रनको विशाल योगफल बनाउन सफल भयो ।  

स्कटल्याण्डका साफ्यान शरिफब्रेड व्हीलले समान २-२ विकेट हात पारे भने किफायती बलिङ गरेका मार्क वाटले एक विकेट मात्र लिन सके पनि चार ओभरमा मात्र १३ रन खर्चिए ।  

१७३ रनको विशाल लक्ष्य सहित ब्याटिङमा आएको स्कटल्याण्डले पुरै २० ओभर खेल्दै पाँच विकेट गुमाएर १५६ रन मात्र बनाउन सक्यो ।

स्कटल्याण्डका माइकल लिस्कले आक्रामक पारी खेल्दै २० बलमा समान ३-३ चौका र छक्काको सहित अविजित ४२ रन बनाए भने अन्य ब्याटरले उलेख्य योगदान दिन सकेनन् ।

न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र इश शोढ़ीले समान २-२ विकेट लिए ।     

Click to comment

Trending