Headline

च्याम्पियन्स लिगः बायर्न र युभेन्टस अन्तिम १६ मा, लेवान्डोस्कीको ह्याट्रिक

Published

on

पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले पेनाल्टी मिस गरे तर पनि ह्याट्रिक भने पुरा गरे ।

आफ्नो १ सयौं च्याम्पियन्स लिग खेलमा लेवान्डोस्की हावी हँुदा जर्मन महारथी बायर्न म्याुनिख पोर्चुगिज क्लब बेन्फिकालाई ५–२ ले हराउदै अन्तिम १६ मा प्रवेश गर्न सफल भयो ।

लगातार ९ पटकको इटालियन सिरी आ बिजेता युभेन्टस पनि रुसी क्लब जेनिट सेन्ट पिटर्सबर्गलाई ४–१ ले हराउदै प्रि–क्वार्टरफाइनलमा स्थान बनाउन सफल भयो ।

दुई खेल हातमै रहेको स्थितिमा युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिताको नकआउट चरण प्रवेश गर्ने बायर्न र युभेन्टस पहिलो दुई टोली बने ।

गोलकिपर मार्क–आन्द्रे टेर स्टेगनको उत्कृष्ट प्रदर्शनका कारण बार्सिलोनाले युक्रेनी क्लब डाइनामो किभलाई १–० ले हरायो । १९ बर्षिय अन्सु फातीको ७० औं मिनेटको गोलपछि बार्सालाई अब क्याम्प नोउमा बेन्फिकालाई पराजित गरे अन्तिम १६ पुग्न पर्याप्त हुनेछ ।

हकिम जियचले गरेको एक मात्र गोलको मद्दतमा चेल्सीले माल्मोमाथि १–० को सांघुरो तर महत्वपूर्ण अवे जित निकाल्यो । भिलारियलले स्विस टोली यङ्ग बोइजलाई २–० ले हरायो ।

समुह इ मा लेवान्डोस्कीले ह्याट्रिक पुरा गर्दा बोरुसिया डर्टमण्ड र बायर्नका लागि संयुक्त रुपमा १ सय खेल खेल्दै ८१ पटक जाली चुमाउन सफल भए । च्याम्पियन्स लिगमा निकै सशक्त प्रदर्शन गर्दै आएको बायर्नले यसअघिका खेलहरुमा बेन्फिकालाई ४–०, डाइनामो किभलाई ५–० र बार्सालाई ३–० ले हराइसकेको छ ।

पाउलो डिबालाले दुई गोल गरेपछि युभेन्टस सहज जितका साथ अन्तिम १६ पुगेको हो । फेडेरिको किएसा र अल्भारो मोराटाले पनि युभेन्टसका लागि गोल गरेका थिए ।

Click to comment

Trending