Headline

रोनाल्डोको जादुयी क्षणहरुको कारण बास्केटल लेजेण्डसँग तुलना

Published

on

चार खेल पाँच गोल, दुई अन्तिम समयको निर्णायक गोल र एक अन्तिम समयको बराबरी गोल ।

क्रिष्चियानो रोनाल्डोकै स्ट्याण्डर्ड अनुसार जाने हो भने यो च्याम्पियन्स लिग अभियान म्यानचेस्टर युनाइटेडका पोर्चुगिज सुपरस्टारका लागि सोचेभन्दा स्तरीय भइसकेको छ ।

युनाइटेडको यो सिजन खराब र जादुयी क्षणहरुको मिश्रण हो । युनाइटेडको डिफेन्स एटलान्दाबिरुद्ध खराब नतिजाको लागि जिम्मेवार थियो भने त्यसलाई ढाकछोप गर्ने काम रोनाल्डोको जादुयी क्षणहरुले गर्यो ।

व्यवस्थापक ओले गुनार सोल्सायरमाथि दवाब बढ्दै गर्दा मंगलवार युनाइटेडलाई आफ्नो समुहमा तेश्रो स्थानमा झर्दै अन्तिम १६ को दाबेदारी आफ्नो हात बाट बाहिर जाने डर थियो । यही समय च्याम्पियन्स लिग इतिहासका सर्वाधिक गोलकर्ता रोनाल्डोले युनाइटेडको लागि प्रमुख भुमिका खेले ।

पहिलो हाफ अघि नै रोनाल्डोले बराबरी गोल गर्दै युनाइटेडको उद्दार गरेका थिए तर असली नाटक अन्तिम समयका लागि बचाएर राखे । २–१ ले पछि रहेको अवस्थामा रोनाल्डोले ९१ औं मिनेटमा बक्स बाहिरबाट भलिमार्फत दर्शनीय गोल गर्दै युनाइटेडलाई समुह एफको शिर्ष स्थानमा कायम राखे ।

“यो खेल निकै गाह्रो थियो तर हामीलाई अन्त्यसम्म बिश्वास थियो । मैले टिमको लागि एक अंक कमाउन मद्दत गरे र यसको लागि म खुशी छु । हामी कहिल्यै पनि हार नमान्ने टोली हौं,” रोनाल्डोले भने ।

रोनाल्डोले यो सिजन युनाइटेडको लागि च्याम्पियन्स लिगको सबै समुह चरणका खेलहरुमा गोल गरेका छन् । भिलासियाल र एटलान्टाबिरुद्ध उनले घरेलु मैदानमा अन्तिम समयमा बिजयी गोलहरु गरेपछि मंगलवार गेविस रँगशालामा दुई गोल गरेका हुन् ।

रोनाल्डोले युनाइटेडका लागि सबै प्रतियोगिता गरि ३ सय ३ खेलमा १ सय २७ गोल गरेका छन् । र उनी क्लबको युरोपियन प्रतिस्पर्धा इतिहासमा एकै खेलमा दुई वा सो भन्दा बढी गोल गर्ने सबैभन्दा पाका खेलाडी पनि बनेका छन् ।

अप्रिल २००३ मा रुड भान निस्टलरोयपछि लगातार चार च्याम्पियन्स लिग खेलमा गोल गर्ने ३५ बर्षिय रोनाल्डो पहिलो खेलाडी पनि हुन् ।

“हामी सबैसँग भुमिका र दायित्व छ । रोनाल्डो एक लिडर हुन् । उनी जादुयी क्षणहरु दिन्छन् । सिकागो बुल्सका लागि माइकल जोर्डन भएजस्तै । मलाई थाहा छ यस बिषयमा तुलना हुनेछ र रोनाल्डो एकदम राम्रो भइरहेका छन्,” सोल्सायरले भने ।

Click to comment

Trending