T20 World Cup

विश्वकप पछि राहुलले भारतको कप्तानी गर्ने 

Published

on

भारतीय क्रिकेट टोलीले युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकप पछि खेल्ने न्युजिल्यान्ड विरुद्धको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय शृंखलामा केएल राहुलले कप्तानी गर्ने भएका छन् ।

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले जारी विश्वकप पछि ट्वान्टी ट्वान्टीको कप्तानीबाट राजिनामा दिने यस अघि नै घोषणा गरिसकेका छन् । बिराटले कप्तानी छाडे पछि उपकप्तान रोहित शर्मा नै कप्तान बन्ने अनुमान गरिएको छ । तर भारतीय क्रिकेट बोर्डले विश्वकप पछि न्युजिल्यान्ड विरुद्धको ट्वान्टी ट्वान्टी शृंखलाका लागि धेरै खेलाडीलाई विश्राम दिने भएका कारण कप्तानीका लागि राहुलको नाम अगाडि आएको हो ।

भारतीय सन्चार माध्यमहरूले जनाए अनुसार बोर्डले रोहितलाई पनि विश्राम दिने जनाएका छन् । त्यस्तैले पनि भारतीय टोलीका अनुभवी खेलाडी तथा आईपीएलमा पन्जाब किंग्सका लागि कप्तानी गरेको अनुभव बोकेका राहुल नै कप्तानीको लागि पहिलो रोजाइ रहेका हुन् । 

न्युजिल्यान्डले ट्वान्टी ट्वान्टी विश्वकप सकिएको तीन दिन पछि भारतको भ्रमण गर्दैछ । उक्त भ्रमणमा उनले तीन ट्वान्टी ट्वान्टी खेलको शृंखला र दुई टेस्टको शृंखला खेल्ने छ ।

त्यस्तै अबको केही दिनमा भारतीय छनौटकर्ताहरूको बैठक बस्ने र उक्त बैठकले न्युजिल्याण्डविरुद्धको शृंखलाका लागि खेलाडी छनोट गर्नुको साथै कोहलीको उत्तराधिकारी पनि छान्ने छ ।    

@wesportzIndia out of T20 World Cup ?? ##indiavsnewzealand ##tiktok_india ##tiktokindia ##T20WorldCup ##fypシ ##foryou ##viral ##fyp ##missionworlcup ##viratkohli

♬ original sound – सु बिन

 

    

 

Click to comment

Trending