T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकपबाट बाहिरिए शकिब 

Published

on

बंगलादेशका स्टार अलराउण्डर शकिब अल हसन युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकपबाट बाहिरिएका छन् । 

शकिबको ह्यामस्ट्रिङमा समस्या आएका कारण उनी समयमा नै ठिक नहुने भए पछि विश्वकपबाट नै बाहिरिएका हुन् । गत शुक्रबार वेस्ट इन्डिज विरुद्धको खेलका क्रममा उनले ह्यामस्ट्रिङको चोट बोकेका थिए । उनी पछिल्लो ४८ घण्टा देखि चिकित्सकहरूको निगरानीमा थिए र ठिक हुन नसक्ने भए पछि बंगलादेश टोली व्यवस्थापकले उनलाई प्रतियोगिताबाट बाहिर राख्ने निर्णय गरेको हो ।

 बंगलादेश टोलीका डाक्टर देबशिस चौधरीले शकिबले ग्रेड १ को चोट बोकेका हुन् । उनी युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गत समूह चरणको बाँकी दुई खेल्न सक्ने अवस्थामा छैनन् भने विश्वकप कप पछि फेरी एक पटक उनको अवस्था हेरेर कति समय आराम र विश्राम गर्न पर्ने हो भन्ने थाहा हुने बताए ।     

वेस्ट इन्डिज विरुद्धको पाँचौ ओभरमा बल समात्न जाने क्रममा उनले ह्यामस्ट्रिङमा असहज महसुस गरेका थिए । त्यस ओभर लगत्तै उनले मैदान छाडेका थिए भने पछि आफ्नो चार ओभर बलिङ सल्काउनका लागि मैदानमा प्रवेश पनि गरेका थिए ।   

आफ्नो बलिङको कोटा सक्काएर उनी पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा ओपनिङमा ब्याटिङ गर्न पनि आएका थिए । तर मात्र नौ रन जोड्दै उनी आउट हुन पुगे ।  

बंगलादेशले समुह चरणमा आफुले खेलेका तीनवटै खेलमा पराजित हुँदा विश्वकपबाट लगभग बाहिरी सकेको छ । सकिबको अनुपस्थितीले उनीहरूको पीडामा थप चोट दिनेछ । बंगलादेशले आफ्नो समुह चरणको अन्तिम दुई खेलमा मंगलबार दक्षिण अफ्रिका विरुद्धबिहीबार अष्ट्रेलिया विरुद्ध खेल्ने छ ।    

 

Click to comment

Trending