T20 World Cup

गावस्करको दाबी आईपीएल जस्तो रोमान्चक छैन विश्वकप 

Published

on

भारतीय टोलीका पूर्व कप्तान तथा ब्याटिङ लिजेण्ड सुनिल गावस्करले भारतीय क्रिकेट बोर्डले आयोजना गर्ने इन्डियन प्रिमियर लिग (आईपीएल) ले जुन प्रकारको रोमान्चकता र मनोरञ्जन दिन्छ त्यस किसिमको भावना विश्वकपले पनि नदिने बताएका छन् ।

भारत ट्वान्टी ट्वान्टी विश्वकपको आफ्नो सुरुवाती दुई खेलमा पाकिस्तानसँग १० तथा न्युजिल्याण्डसँग आठ विकेटले पराजित हुँदा विश्वकपको पहिलो चरणबाट नै बाहिरिने सङ्घारमा रहेको छ । भारतले अब अफगानिस्तान, नामिबिया र स्कटल्याण्डसँग मात्र खेल्न बाँकी रहेको छ । भारतले सेमीफाइनलमा स्थान बनाउने हो भने बाँकी सबै तीन खेलमा जित निकालेर मात्र पुग्दैन अन्य टोलीको नतिजामा पनि निर्भर रहन पर्ने हुन्छ ।

उनले आईपीएल सबै ट्वान्टी ट्वान्टी प्रतियोगिताको मर्की प्रतियोगिता भएको पनि दाबी गर्दै सबैलाई मन पर्ने प्रतियोगिता पनि रहेको जनाएका छन् ।  

गावस्कर अघि भन्छन्, “आईपीएल जस्तो ठुलो प्रतियोगिता कुनै पनि छैन, घरेलु प्रतियोगिताहरुको तुलना गर्ने हो भने । जुन प्रकारको मनोरञ्जन र रोमान्चक समर्थकहरुले आईपीएलका खेलहरुमा प्राप्त गर्दछन् त्यस किसिमको विश्वकपमा पनि प्राप्त गर्न सक्दैनन् ।”

“भारतले प्रतियोगिताका सुरुवाती दुई खेल हार्दै पहिलो चरणबाट नै बाहिरिने सङ्घारमा रहेकाले मात्र यसो भनेको हैन । तपाईंले विश्वका कुनै पनि क्रिकेट समर्थकलाई सोध्नु हुन्छ भने पनि उसले यस्तै भन्छ ।”

हिजो सम्पन्न खेलमा भारतले दिएको १११ रनको सानो लक्ष्य पछ्याएको न्युजिल्यान्डले बल अगाडि दुई विकेट गुमाएर ३३ बल अगावै लक्ष्य पार गरेको थियो । 

@wesportzIndia can win T20 Wot Cup – Virender Sehwag ##missionworlcup ##fyp ##viral ##foryou ##fypシ ##T20WorldCup ##tiktokindia ##tiktok_india ##tiktokpakistan ##INDvPAK ##IndiaVSPakistan ##virendersehwag ##indiacanwint20worldcup ##bcci ##indiancricket

♬ original sound – Γპყმῆჰʜ ომოომ

 

Click to comment

Trending