Headline

रियल सोसिडाड ला लिगाको शिर्ष स्थानमा

Published

on

यो सिजन शिर्ष चारको दाबेदारीमा रहेको रियल बेटिसमाथि ३–० को आकर्षक जित हात पार्दै डिफेन्डिङ्ग च्याम्पियन एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगाको अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ ।

वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा यानिक कारास्कोको दर्शनीय गोलको मद्दतमा एट्लेटिकोले २६ मिनेटमै अग्रता लिएको थियो । दोश्रो हाफमा बेटिसका जर्मन पेज्जेलाले आत्मघाती गोल गरेपछि एट्लेटिकोलाई खेलमा पकड बनाउन अझै सजिलो भएका थिए ।

जाओ फेलिक्सले सब्स्टिच्युटको रुपमा गोल गर्दै एट्लेटिकोलाई महत्वपूर्ण तीन अंक दिलाए । यो सिजन कुनै पनि टोलीले सोचे अनुरुप शुरुवात पाउन नसक्दा एट्लेटिकोले पछिल्लो पाँच खेलमा मात्र दोश्रो खेल जितेको हो ।

अंक तालिकाको शिर्ष स्थानमा भने रियल सोसिडाड रहेको छ । बास्क डर्बीमा एथ्लेटिक बिल्बाओसँग १–१ गोलको बराबरी खेलेपछि सोसिडाडले शिर्ष स्थानमा मात्र एक अंकको अग्रता बनाएको हो ।

सोसिडाडको १२ खेलमा २५ अंक भएको छ भने एक खेल कम खेलेका रियल म्याड्रिड र सेभियाको समान २४ अंक छ । एट्लेटिकोको २२ र १२ खेलबाट बेटिसको २१ अंक रहेको छ । बार्सिलोना ११ खेलबाट १६ अंक सहित नवौं स्थानमा छ ।

आइतबार बेटिस र सोसिडाडले भने अंक तालिकामा नियन्त्रण बनाउन सक्ने अवसर गुमाएका थिए । जितले सोसिडाडले स्पष्ट तीन अंकको अग्रता बनाउने थियो भने बेटिस रियल र सेभियासँगै समान अंकमा रहने थियो ।

Click to comment

Trending