T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : न्युजिल्याण्डबिरुद्ध चलेन भारतको ब्याट

Published

on

युएईमा जारी ट्वान्टी विश्वकपको सेमीफाइनलमा पुग्ने हो भने जित्नै पर्ने खेलमा भारतले निराशाजनक ब्याटिङ प्रदर्शन गरेको छ । 

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले पुरै २० ओभर खेले पनि सात विकेट गुमाएर १०७ रन मात्र जोड्न पुग्यो ।

आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १० विकेटको लज्जास्पद हारको व्यहोरेको भारत आजको खेलमा पराजित भएको खण्डमा भारतको सेमीफाइनल यात्रा निकै कठिन बन्ने छ ।   

भारत आफ्नो पारीमा कुनै पनि सम्हालिन सकेन । लगातार रुपमा एक पछि अर्को विकेट गुमाउँदा भारत सानो योगफलमा समेटिन पुगेको हो ।

भारतको तर्फबाट रविन्द्र जडेजाले अविजित रहँदै सर्वाधिक २६ रन बनाए भने हार्दिक पान्ड्याले २३ रनको पारी खेले । भारतका अन्य ब्याटरहरुमा केएल राहुल १८, इशान किशन चार, रोहित शर्मा १४, कप्तान विराट कोहली नौ, ऋषभ पन्त १२ रनमा आउट भए । 

भारतलाई सानो योगफलमा रोक्ने क्रममा ट्रेन्ट बोल्टले सर्वाधिक तीन विकेट लिए भने इश सोढ़ीले पनि आफ्नो नाममा दुई विकेट दर्ता गराए । समान ४-४ ओभर बलिङ गरेका बोल्टले २० रन तथा सोधीले १७ रन मात्र खर्चिए । उनीहरु बाहेक टिम साउथीएडम मिल्नले पन्नी समान १-१ विकेट आफ्नो नाममा लेखाए ।          

 

Click to comment

Trending