Headline

एएफसी अण्डर–२३ एसियन कप छनोटः नेपालको यात्रा ११ गोल खाएर टुँगियो

Published

on

नेपालको एएफसी अण्डर–२३ एसियन कप छनौट यात्रा ११ गोल खाएर टुँगिएको छ । ताजिकिस्तानको पामिर रँगशालामा आइतबार भएको लेबनानबिरुद्धको अन्तिम खेलमा नेपाल ४–० को फराकिलो अन्तरले पराजित भयो ।

यसअघिको खेलमा नेपाल आयोजनक ताजिकिस्तानसँग ३–० ले हारेको थियो भने पहिलो खेलमा इरानलाई पनि ४–० ले नतिजा सुम्पिएको थियो ।

साफ च्याम्पियनसिपको थकानमै रहेका राष्ट्रिय टोलीका ६ खेलाडीलाई ताजिकिस्तान लिएर गएको नेपाल प्रतियोगिताभर निराशाजनक प्रदर्शनका साथ फर्किने भएको हो । नेपाल अंक बिहिनमात्र नभएर गोलबिहिन पनि भयो ।

यस छनौटबाट ११ समुहका बिजेता र चार उत्कृष्ट उपबिजेताले २०२२ मा उज्वेकिस्तानमा हुने एसियन कपको टिकट काट्ने छन् । उज्वेकिस्तान आयोजकको रुपमा नै छनोट भइसकेको हो ।

आइतबार लेबनानको फराकिलो जितमा जेइन फरानले दुई गोल गरे भने मोहम्मद नासिर र मोहमद हैदरले थप एक–एक गोल गरेका थिए ।

Click to comment

Trending