T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : पुर्व कप्तान अफगानको अन्तिम खेलमा अफगानिस्तानको फराकिलो जित 

Published

on

ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गत आफ्नो तेश्रो खेलमा अफगानिस्तानले पहिलो पटक विश्वकपको सुपर १२ मा स्थान बनाएको नामिबिया माथि ६२ रनको फराकिलो जित हात पारेको छ ।  

फराकिलो जित दर्ता गर्दा अफगानिस्तानले सेमीफाइनलको यात्रा कायमै राखेको छ । अफगानिस्तानले अब भारत र न्युजिल्याण्डको सामना गर्नेछ । नेट रन रेटका आधारले पनि अफगानिस्तानलाई दुई बलिया राष्ट्र विरुद्धको खेलमा फाइदा नै पुग्ने छ । भारत र न्युजिल्याण्ड मध्य एकलाई पराजित गरेको खण्डमा अफगानिस्तानले राम्रो रन रेटका आधारमा पनि सेमीमा स्थान बनाउन सहज हुनेछ ।    

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा पाँच विकेट गुमाएर १६० रनको विशाल योगफल तयार पार्यो भने जवाफी ब्याटिङ गरेको नामिबियाले पुरै २० ओभर खेल्दै नौ विकेट गुमाएर ९८ रन मात्र जोड्न सक्यो ।

अफगानिस्तानलाई फराकिलो जित दिलाउने क्रममा हमिद हसनले चार ओभरमा मात्र नौ रन दिएर तीन विकेट हात पारे भने नविन उल हकले पनि तीन विकेट नै आफ्नो नाममा दर्ता गराए पनि १७ रन खर्चिए । त्यस  बाहेक गुलाबदीन नैबले दुई तथा रशिद खानले एक विकेट आफ्नो नाममा दर्ता गराए ।

नामिबियाको तर्फबाट डेविड विसाले सर्वाधिक २६ रनको पारी खेले भने अन्य ब्याटरले उलेख्य योगदान दिन सकेनन् ।     

अफगानिस्तानको तर्फबाट ओपनरद्वय हजरतउल्लाह जजाई र मोहम्मद शहजादले क्रमश २७ बलमा ३३ तथा ३३ बलमा सर्वाधिक ४५ रनको पारी खेले ।   

सुरुवात देखि नै आक्रामक पारी खेलेको अफगानिस्तानको तर्फबाट ओपनरद्वय हजरतउल्लाह जजाई र मोहम्मद शहजादले पहिलो विकेटको लागि ४० बलमा ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिए ।

शहजाद र जजाईको विकेटको पतन पछि आएका रहमानउल्लाह चार तथा नजिबउल्लाह ज़द्रान सात रनमा आउट भए पनि अस्गर अफगान र कप्तान मोहम्मद नाबीले आक्रामक पारी खेल्दै १५० को योगफल  कटाए ।

अफगानिस्तानको जर्सीमा अन्तिम खेल खेलेको अफगान २३ बलमा ३१ रन बनाएर आउट भए भने नाबीले १७ बलमा अविजित ३२ रनको पारी खेले । आजको खेल पछि पुर्व कप्तान अफगानले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।    

Click to comment

Trending