T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : जित्नै पर्ने दबाबमा भारत र न्युजिल्याण्ड

Published

on

ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गत सुपर १२ को आफ्नो दोश्रो खेलमा भारतले न्युजिल्याण्डको सामना गर्दैछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

सेमीफाइनलमा पुग्ने लक्ष्य सहित भारत र न्युजिल्याण्ड एक आपसमा भिड्दा दुवैलाई जित्नै पर्ने दबाब छ । भारतले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १० विकेटको लज्जास्पद हारको सामना गरेको थियो भने न्युजिल्याण्ड पनि पाकिस्तानसँग नै पराजित भएको थियो । न्युजिल्याण्डले आफ्नो पहिलो खेलमा पाँच विकेटको हारको सामना गरेको थियो ।

आफूले खेलेका तीनवटै खेलमा जित दर्ता गराएको पाकिस्तान सेमीफाइनल नजिक पुगेको छ भने उसका बाँकी दुई खेलहरु नामिबिया र स्कटल्याण्डसँग रहेको छ । पाकिस्तानले आफ्नो यात्रा सहज बनाएका कारण समुह २ बाट भारत, न्युजिल्याण्ड र अफगानिस्तान मध्य एक टोलीले मात्र सेमीफाइनलमा स्थान सुरक्षित गर्न सक्ने छन् ।त्यसैले पनि सेमीफाइनलमा पुग्ने लक्ष्य राख्ने हो भने न्युजिल्याण्ड र भारत दुबै टोलीलाई आजको खेलमा जित निकाल्नै पर्ने हुन्छ । आजको खेलमा जित निकाल्ने टोलीलाई सेमीफाइनल पुग्ने सम्भावना जीवितै रहन्छ भने हारको सामना गर्ने टोलीले अन्य टोलीको खेलमा निर्भर रहन पर्ने हुन्छ र निकै कठिन पनि ।       

समुह २ मा रहेको न्युजिल्यान्ड र भारतले आजको खेल पछि अफगानिस्तान तथा नामिबिया र स्कटल्याण्ड विरुद्ध खेल्न पर्ने हुन्छ । अफगानिस्तानले यस अघि दुई खेल खेल्दा स्कटल्याण्डलाई पराजित गरेको थियो भने पाकिस्तानसँग हारको सामना गर्न पुगेको थियो । अफगानिस्तानले आज नै हुने पहिलो खेलमा नामिबियासँग खेल्दै छ ।

यस अघि भारत र न्युजिल्यान्ड ट्वान्टी ट्वान्टीमा १६ पटक एक आपसमा भिड्दा दुबै टोलीले सामना ८-८ खेलमा जित निकाल्न सकेका थिए । विश्वकपमा भने भारत माथि न्युजिल्याण्ड नै हाबी रहेको छ । दुई पटकको भिडन्तमा न्युजिल्यान्डले दुबै पटक भारतलाई पराजित गरेको थियो । न्युजिल्यान्डले सन् २००७ मा आयोजना भएको पहिलो विश्वकपमा १० रनले तथा सन् २०१६ मा भारतमा नै आयोजना भएको विश्वकपमा भारतलाई ४७ रनले पराजित गरेको थियो ।

पछिल्लो पाँच खेलको नतिजालाई आधार मान्ने हो भने न्युजिल्यान्ड भन्दा भारत नै तगडा देखिन्छ । पाँच खेल मध्य भारतले सबै पाँच खेलमा नै जित निकाल्दा न्युजिल्याण्ड जित बिहिन रहेको छ । उक्त पाँच खेल मध्य भारतले दुई खेल सुपर ओभरमा आफ्नो पक्ष्यमा पारेको थियो ।              

 

Click to comment

Trending