Headline

युनाइटेडको आलोचनालाई लिएर रोनाल्डो भन्छन्ः कहिले हामी उत्कृष्ट हुन्छौं, कहिले निकै झुर

Published

on

म्यानचेस्टर युनाइटेड तथा पोर्चुगिज सुपरस्टार क्रिष्चियानो रोनाल्डोलाई थाहा छ हार्दा आनन्द उठाउन सकिदैन र सबैभन्दा ठूलो पिडा समर्थकको टार्गेट र मिडियाको आलोचनाले दिने गर्छ ।

लिभरपुलसँग इंगलिस प्रिमियर लिगमा लज्जास्पद हारपछि रोनाल्डोलाई व्यवस्थापक ओले गुनार सोल्सायर प्रति दया थियो र शनिबार टोटेन्ह्याम हट्स्परलाई ३–० ले हराउनु अघि ओल्ड ट्राफोर्ड वरिपरि रहेको नकारात्मक टिप्पणी प्रति उनले खासै ध्यान दिएका थिएनन् ।

एक गोल गर्नुका सार्थ एक असिस्ट पनि दिएका रोनाल्डोले उच्च प्रदर्शन दिदै च्याम्पियन्स लिगमा एटलान्टाको भ्रमण र म्यानचेस्टर डर्बी अघि युनाइटेडलाई महत्वपूर्ण जित दिलाउदै अंक तालिकाको पाचौं स्थानमा ल्याए ।

लिभरपुलबिरुद्ध हतोत्साहित देखिएका रोनाल्डोलाई शनिबारको जितले भने शान्त बनाएको भान हुन्छ । “मलाई केही कुराको चिन्ता छैन । मैले १८ बर्ष फुटबल खेलिसक्दा स्पष्ट के छ भने कहिले हामी निकै उत्कृष्ट हुन्छौं र कहिले निकै झुर,” उनले भने ।

“मलाई थाहा छ यस्तो कुराहरुसँग हामीले सम्झौता गर्नुपर्छ । मान्छेले तारिफ गर्दा राम्रो महसुस हुन्छ तर कहिले काही हामीले निकै खराब स्थितिबाट गुज्रनु पर्ने हुन्छ । हामी परिवर्तन हुनु पर्ने थियो र भएका छौं,” रोनाल्डोले थपे ।

लिभरपुलसँगको हारपछि सबैजनालाई निकै नराम्रो लागेपनि सबैजना सुधारिएको खेलतर्फमात्र केन्द्रित रहेको पनि उनले बताए । रोनाल्डोलाई लाग्छ लिभपुलसँगको हारमा केही हिस्सा भाग्यको पनि खेल रहेको थियो ।

“मलाई लाग्छ (लिभरपुलबिरुद्धको खेलमा) केही कारणले गर्दा त्यस्तो भएको थियो । र आज गाह्रो अवे खेलमा ३–० ले जित्न सकेकोमा यो उत्कृष्ट प्रदर्शनलाई लिएर हामी खुशी हुन आवश्यक छ,” उनले भने ।

Click to comment

Trending