T20 World Cup

ट्वान्टी ट्वान्टी विश्वकप : बटलरले आक्रामक अर्धशतक प्रहार गर्दा अष्ट्रेलियाको लज्जास्पद हार  

Published

on

जस बटलरको आक्रामक अर्धशतक तथा बलरहरुको घातक बलिङमा युएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गत सुपर १२ को आफ्नो तेश्रो खेलमा इंग्ल्यान्डले अष्ट्रेलिया माथि आठ विकेटको सानदार जित हात पारेको छ ।

इंग्ल्यान्डले लगातार तेश्रो जित दर्ता गराउँदा सेमीफाइनल यात्रा पनि सहज बनाएको छ भने तीन खेलमा अष्ट्रेलियाको यो पहिलो हार हो । 

क्रिस जोर्डनले तीन तथा क्रिस वक्सटिमाल मिल्सले समान २-२ विकेट हात पार्दा अष्ट्रेलियालाई २० ओभरमा १२५ रनमा रोकेको इंग्ल्यान्डले बटलरको अविजित ७१ रनमा ५० बल अगावै दुई विकेट गुमाएर जित हात पारेको हो ।

सुरुवात देखि नै आक्रामक पारी खेलेका ओपनर बटलरले ३२ बलको सामना गर्दै समान ५-५ चौका र छक्का प्रहार गरे । बटलर बाहेक जेसन रोयले २० बलमा २२ तथा डाविड मलान आठ रन बनाएर आउट भए भने जोनी बैरस्टोले अविजित १६ रनको पारी खेले ।  

अष्ट्रेलियालाई सानो स्कोरमा नै रोक्ने क्रममा क्रिस जोर्डनले चार ओभरमा १७ रन खर्चिएर सर्वाधिक तीन विकेट हात पारे भने क्रिस वक्सले पनि मात्र २३ दिएर तथा महँगो साबित भएका टिमाल मिल्सले चार ओभरमा ४५ रन खर्चंदै समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए । त्यस बाहेक आदिल रशिदलियाम लिविङस्टोनले पनि १-१ विकेट लिन सफल भए ।

ओपनर डेविड वार्नर र स्टिभ स्मिथ समान १-१, ग्लेन म्याक्सवेल ६ तथा मार्कस स्टोइनिस शुन्य रनमा आउट हुँदा २१ रनमा चार विकेटको अवस्थामा खुम्चिएको अष्ट्रेलियाको पारी सम्हाल्ने क्रममा कप्तान तथा ओपनर आरोन फिंचले ४४, एस्टन अगरले २०, म्याथ्यु वेडले १८, प्याट कमिन्सले १२ तथा मिचेल स्टार्कले १३ रन जोड्दै अष्ट्रेलियालाई सम्मानजनक योगफल सम्म डोर्याए ।  

 

Click to comment

Trending